दिपक के.सी.
कपिलवस्तु । विश्वभर महामारीका रुपमा फैलिरहेको कोभिड १९ कोरोना भाइरसको संभावित जोखिमलाई मध्य नजर गर्दै कपिलवस्तुका शिवराज नगरपालिका ५ का युवा व्यवसायी पदमराज पौडेलले १ हजार ५ सय थान माक्स निशुल्क वितरण गरेका छन ।
जिल्लाको विजयनगर गाउँपालिकाको खडैचा,डालपुर लगायतका गाउँमा माक्स निशुल्क वितरण गरेको कृष्टल डिजिटल फ्याक्स प्रिन्ट अफसेट प्रेस तथा स्काइ फेसन गारमेन्टका व्यवस्थापक पौडेलले बताए ।
विश्वभर फैलिएको कोरना भाइरस बारे सजग रहन सचेत गराउँदै युवा व्यापारी तथा समाजसेवि पदमराज पौडेलले निःशुल्क मास्क वितरण गरेको हुन ।

गाउँपालिकाको गाउँ गाउँ तथा चोक चोकमा मास्क वितरण गर्दै पौडेलले भाइरस सङ्क्रमणबाट सजग रहन नियमित मास्क प्रयोग गर्ने, भीडभाडमा नजान, सरसफाइमा ध्यान दिन आग्रह गरे ।
सर्तकता अपनाए जोखिमबाट बच्न सकिने बताउदै पौडेलले सोमबार पनि विजयनगरका विभिन्न गाउँ र टोलमा माक्स वितरण गरिने बताए ।
माक्स वितरणमा पौडेलका बुबा सुरज पौडेलको पनि सहभागिता रहेको थियो ।


भुपाल थापा

प्रतिक्रिया