Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

राष्ट्रिय सकंटका बेला अबैध धन्दा

कपिलवस्तु ,

विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमण नियन्त्रणका लागि नेपालका तीनै तहका सरकार हरसम्भव ढंगबाट लागिपरेका छन् । संघीय सरकार देखि स्थानीय सरकार सम्मले आफ्ना सबै श्रोत साधनलाई परिचालन गरेर कोरोनाको सम्भावित जोखिम न्यूनिकरणमा व्यस्त छन् । यसैको फाइदा उठाउदै ठेकेदारहरु नदिको चरम दोहनमा लागिपरेका छन् । जिल्लाको बाणगंगा नगरपालिका अन्र्तगतको बाणगंगा तथा भगलापुर नाकामा ठेकेदारले अवैध रुपमा मेशिन हालेर नदी दोहन गरिरहेका छन् । विगत ५ दिन देखि ठेकेदार कम्पनी एन बि कन्ट्रक्सनले ठेक्क सम्झौता तथा आई ई ई, ईआइए प्रतिवेदन विपरित एक्साभेटर, लोडर मेशिन हालेर नदी दोहन गरिरहेको छ । बाणगंगा नगरपालिका ८ मधुबनधाम किनारको बाणगंगा नदीबाट ठेकेदारले विहानै देखि लोडरबाट ट्याक्टर, ट्रिपरमा मिस्कट हाल्ने गरेका छन् ।

स्थानीयबासीहरुले ५ दिन यता दिनहु दिउसो र रातीमा मेशिन चल्ने गरेको आरोप लगाएका छन् । शनिबार सो क्षेत्रबाट आउदै गर्दा स्थानीबासी पोमनारायण पौडेलले नदीमै मेशिन हालेर नदीजन्य पर्दाथ ओसारीरहेको भिडियो तथा तस्वीरहरु लिनुभएको थियो । “अनुगमनकारी निकाय र सरोकारवालाले चासो नदेखाएको पाइयो” उहाले भन्नुभयो । नदीजन्य पर्दाथको ठेक्का लगाउने बाणगंगा नगरपालिका देखि १ किमीको दुरीमा रहेको बाणगंगा नदी अनुगमन तथा अवैध गतिविधि नियमनमा नगरपालिकाले चरम लापरवाही गरेको स्थानीयबासीहरुको आरोप छ । कथित समाजसेवीका खोल ओढेका केहि व्यक्तिले ठेकेदार संग मिलेर शेयर हालेको र समाजलाई सहयोगका नाममा मन्दिर, क्लब, समाजलाई चन्दा दिने गरेका कारण अवैध कार्यलाई स्थानीय केहि अगुवाहरुले पनि सर्मथन गरेको श्रोतको दाबी छ ।

जेष्ठ मसान्त सम्मको लागि बाणगंगा पुल २ किमी टाढा देखि मधुबन धाम क्षेत्र र जेठ १५ सम्मको लागि सुठौली भगलापुर नाकाबाट ३७ हजार ८ सय ६ घनमिटर नदीजन्य पर्दाथ उत्खनन्का लागि एन बी कन्ट्रक्सनलाई १ करोड ८६ लाख ४५ हजारमा ठेक्का दिएको थियो । ठेक्का सम्झौतामा स्पष्ट रुपमा मेशिन प्रयोग गर्न नपाइने, नक्कली रसिद बनाउन नपाइने, बेलुकी ६ बजेपछि संकलन गर्न नपाइने, १ मिटर बढि खन्न नपाइने र नदी किनारको १० मिटर दाया बाया बाट उत्खनन् गर्न नपाइने छ । तर ठेकेदारले यी सबै मापदण्ड मिचेका छन् । मधुबन धाम क्षेत्र तथा त्यसको २ सय मिटर तल किनारबाटै नदीजन्य पर्दाथ निकासी गरिएको छ, त्यो पनि मेशिनबाट ।

ठेकेदार समूहले नक्कली ठेली समेत प्रयोग गरेको श्रोतको दाबी छ । सम्झौतामा तोकिएको परिमाण करिब करिब सकिएपनि ठेकेदारले नगरपालिकाबाट प्रमाणित १०,००० सम्मको ठेली रसिद नम्बरको थप ३ वटा नयाँ सिरियलको रसिद चलाइरहेका छन् । त्यति मात्र होइन ठेकेदार समूहले बाणगंगा नदी किनारमै चलाइरहेका सिद्र्धाथ एग्रीगेट वाशिङ्ग उद्योग, ओम एकता बालुवा प्रशोधन उद्योगमा बिना रोयल्टी रसिद काटेर सामाग्री पठाइरहेका छन् । आफ्नै लगानी भएकाले सामान्य कागजमा कति ट्रिप गयो भनेर लेख्ने र पछि हिसाब गर्ने गरेको छन् । बाणगंगा किनारमा रहेका बालुवा तथा क्रशर उद्योगमा विक्री मौज्दात र स्टक रहेका सामाग्री मात्रै मापन गर्ने हो भने बाणगंगा मात्र होइन बुद्धभूमी, कपिलवस्तु नगरपालिकाले ठेक्का लगाएको परिमाण भन्दा बढि सामाग्री निस्कने स्थानीय अगुवाहरुको दाबी छ ।

नियमन तथा अनुगमनको जिम्मा पाएको बाणगंगा नगरपालिकाले आवश्यक श्रोत साधनका कारण प्रभावकारी अनुगमन गर्न नसकेको स्वीकार गरेको छ । बाणगंगा कार्यक्षेत्र हेर्ने पिपरा प्रहरीको ठेकेदार समूह संग राम्रो सम्बन्ध रहेका कारण अवैध कामलाई समेत वेवास्ता गर्दै आएको र नगरपालिकाले नियन्त्रणका लागि पहल गर्दा समेत चासो नदेखाउने गरेको श्रोतको भनाई छ । नगरपालिकाले १ तह प्रशोधित सामाग्री नगरपालिका बाहिर निकासी गर्ने निर्णयको पनि खिल्ली उडाउदै ठेकेदारले नदीबाटै निकासी भएको मिस्कटहरु रुपन्देही तथा बुद्धभूमी, कपिलवस्तु नगरपालिका गइरहेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP