Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

आजदेखि हलमा ३ नयाँ फिल्म

काठमाडौं : शुक्रबार (आज) देखि तीन वटा फिल्मले एकसाथ प्रदर्शन सुरु गर्दैछन्। नेपाली फिल्म ‘चुरीफुरी’, बलिउड फिल्म ‘अतरंगी रे’ र हलिउड फिल्म ‘म्याट्रिक्सः द रिसरेक्सन’ले एकसाथ प्रदर्शन थालेका हुन्। तीन वटा नयाँ फिल्म आए पनि हलमा दबदबा भने गत सातादेखि प्रदर्शन थालेका ‘स्पाइडर म्यानः नो वे होम’ र ‘पुष्पा: द राइज’ कै रहेको छ। 

ऋषिराज आचार्यको लेखन तथा निर्देशन रहेको फिल्म ‘चुरीफुरी’ लामो समयपछि मल्टिप्लेक्समा प्रदर्शन भएको पहिलो नेपाली फिल्म हो। तर हलमा फिल्मको शो भने एकदमै न्यून रहेको छ। रवीन्द्र झा, सुवोध गौतम, राजीवजङ्ग बस्नेत, अभिषेक श्रेष्ठ, शिशिर भण्डारी, पवन खतिवडा, पूजा पन्तलगायत कलाकारको अभिनय रहेको फिल्मले बिएसआर, क्युब, बिग मुभिज लगायतका मल्टिप्लेक्समा एक/एक शो पाएको छ भने उपत्यकामा रहेका क्युएफएक्सका हलमा भने एउटा पनि शो पाएको छैन।

त्यस्तै हिमांशु शर्माको लेखन तथा आनन्द एल रायको निर्देशनमा बनेको म्युजिकल रोमान्टिक ड्रामा ‘अतरंगी रे’ को शो ‘चुरीफुरी’को भन्दा बढी छ तर ‘पुष्पा’ र ‘स्पाइडरम्यान’को भन्दा थोरै छ। 

अक्षय कुमार, सारा अली खान र धनुषको मुख्य भूमिका रहेको फिल्म यो वर्षको प्रतीक्षित बलिउड फिल्ममध्ये गनिएको थियो। पहिलो साता ‘पुष्पा’ र ‘स्पाइडरम्यान’का कारण थोरै शो पाएको ‘अतरंगी रे’ दोस्रो सातादेखि लयमा जाने निर्माण टोलीले अपेक्षा गरेको छ।  त्यस्तै लाना वाचोस्कीको लेखन तथा निर्देशन रहेको हलिउड फिल्म ‘मेट्रिक्स’ले पनि अघिल्लो साताका दुई फिल्मका कारण थोरै शो पाएको छ। 

गत साता ग्राण्ड ओपनिङ गरेका हलिउड फिल्म ‘स्पाइडर म्यानः नो वे होम’ र तेलुगु फिल्म ‘पुष्पाः द राइज’का शो अझै पनि हाउसफुल चलिरहेको छ। दोस्रो सातामा आइपुग्दा अन्य फिल्मले गर्दा शो घटे पनि फिल्मको क्रेज भने घटेको छैन।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP