काठमाडौं । छिमेकी मुलुकसँगको सीमानाका बन्द गरिएपछि सीमामा अलपत्र परेका नेपालीलाई स्वदेश प्रवेशमा नरोक्न सरकारले निर्देशन दिएको छ । भारतमा बस्न असहज भएर स्वदेश फर्किएका जनतालाई रोक्न उचित नहुने भन्दै सरकारले यस्तो निर्देशन दिएको हो ।
सीमामा पर्याप्त परीक्षण गरेर नेपाल पठाउन र उनीहरुको निगरानी समेत राख्न निर्देशन दिइएको उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले बताउनुभयो । नेपाल फर्किएकालाई १४ दिन अनिवार्य क्वारेन्टाइनमा बस्न लगाउने र निगरानी समेत गर्न भनिएको उहाँको भनाइ छ।
सरकारले सीमामा आवतजावत रोके पनि स्वदेश फर्किन लागेका आफ्ना जनतालाई रोक्न नमिल्ने पोखरेलले बताउनुभयो ।
स्वास्थ्य उपकरण तथा सामाग्री मगाउने कामलाई तिब्रता
सरकारले आवश्यक पर्ने स्वास्थ्य उपकरण तथा सामाग्री मगाउने कामलाई तिब्रता दिएको छ । यो सातासम्म सरकारलाई चाहिने सामाग्रीहरु नेपाल ल्याइने उपप्रधानमन्त्री पोखरेलले बताउनुभयो ।
कुनै कारणले ढिला हुने भयो भने जहाज चार्टर गरेर भएपनि ल्याउन सरकार प्रतिवद्ध रहेको उहाँले बताउनुभयो । सरकारले चैत ९ गते चीनबाट १९ र भारतबाट १६ प्रकारका स्वास्थ्य सामाग्री तथा उपकरण ल्याउने निर्णय गरेको छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया