Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

दिल्लीमा सयौं नेपाली अलपत्र, खाना छैन, सुताई सडकमै

नयाँदिल्ली–

भारतको राजधानी नयाँ दिल्लीमा सयौं नेपाली अलपत्र परेका छन्। कोरोना भाइरसको कारण घर फर्कन चाहेपनि लकडाउनमा परेपछि दिल्ली आइपुगेका सयौं नेपाली अलपत्र परेका हुन्।

भारतभर आइतवार जनता कर्फ्युका कारण पुरै देशको जनसंख्या घरमै रह्यो। तर नेपालस्थित जन्म घर जान दिल्ली आइपुगेका नेपाली दिल्ली सरकारले पुरै दिल्लीलाई लकडाउनको घोषणा गरेपछि थप समस्यामा परे।  कोरोनाको कहर बढ्दै जाँदा त्यहाँको राज्य सरकारले दिल्लीमा लकडाउन घोषणा गरेको हो। भारतभर आइतवार कुनै पनि सवारी साधन चलेनन्।

हवाइजहाज, ट्रेन, मेट्रो, सार्वजनिक सवारी साधान ठप्प रहे। रेल मन्त्रालयले सोमबारबाट रेल सेवा पनि बन्द गर्ने घोषणा गरेको छ। सार्वजनिक सवारीको साधनबाट यात्रा गर्दा कोरोनाको विस्तार हुने सम्भावना पछि भारतभर सार्वजनिक सवारी खासगरि रेल सेवा बन्द हुने अवस्थामा पुगेको छ। कम्तिमा २ हप्ता यो अवस्था कायम हुने देखिएको छ।

भारत सरकारले लिएको यहि सतर्कता नेपाल आउन दिल्ली आइपुगेका नेपालीहरुका लागि समस्या भएको छ। विभिन्न राज्यबाट दिल्ली आइ त्यहाँबाट नेपाल आउने तयारीमा रहेकाहरु दोहोरो मारमा परेका छन्। एकातिर दिल्लीमा लकडाउन छ भने त्यहाआट कुनै पनि सवारी साधन चल्ने अवस्था छैन।

नेपाल सरकारले पनि सोमबारबाट एक हप्ताको लागि चीन र भारतको सबै सीमा नाका बन्द गर्ने घोषणा गरेको छ।यसको प्रत्यक्ष असर नेपाल फर्किन दिल्ली आइपुगेका नेपालीहरुलाई परेको छ।

नेपाल आउन झिटीगुण्टा बोकेर दिल्ली आइपुगेका उनीहरु पसल होटल रेष्टुरा सबै बन्दा हुँदा खाना र पानी समेत नपाएर सडक पेटीमै रात विताउन वाध्य भएका छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP