Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

नुवाकोटका हरिशरण यूएईमा कोठामै मृत भेटिए

यूएई – संयुक्त अरब इमिरेट्सको अबुधाबीमा कार्यरत एक नेपाली कोठामै मृत भेटिएका छन् ।

आबुधावीमा रहेको बेभ्रेली हिल्स मेडिकल सेण्टरमा कार्यरत बेलकोटगढी–१२, नुवाकोटका हरिशरण डोटेल गएको आइतबार आफ्नै कोठामा झुण्डिएको अवस्थामा मृत भेटिनुभएको हो । डोटेलको मृत्युबारे गएको सोमबार दूतावासमा जानकारी आएपछि दूतावासले कम्पनीमा सम्पर्क गरेको थियो ।

कम्पनीको निवास छोडेर बाहिर बस्दै आएका हरिशरण काममा लगातार दुई दिनसम्म नआएको भन्दै कम्पनीले खोजी गरिरहेको जनाएको थियो । दूतावासका अनुसार कोठामा झुन्डिएर आत्महत्या गरेको भन्दै सँगै बस्दै आएकी नुवाकोटकै एक महिला र अन्य दुई पुरुष दूतावासमा पुगेका थिए । मृत्यु शंकास्पद भएको परिवारको दावी छ ।

स्वदेश फर्केर कम्पनी खोली व्यवसाय गर्ने योजना बुनेका हरिशरणको मृत्यु प्रकरणमा अनुसन्धान जारी छ । अनुसन्धानका लागि भन्दै हरिशरणसँग बस्दै आएकी महिलालाई स्थानीय प्रशासनले पक्राउ गरेको छ ।

३७ वर्षीय हरिशरणको नेपालमा परिवारसँग पनि राम्रो सम्बन्ध रहेको र कुनै मानसिक दबाबमा नरहेकोले आत्महत्या हुन नसक्ने परिवारको दावी छ । हरिशरणको मृत्युको पुष्टि भए पनि मृत्युको कारणबारे अनुसन्धान जारी रहेकोले यसै भन्न नसकिने नेपाली दूतावास आबुधाबीले जनाएको छ । अनुसन्धान सकेर प्रशासनले शव लैजान अनुमति दिएपछि मात्रै शव नेपाल पठाउने प्रकृया गरिने दूतावासको भनाइ छ ।

हरिशरण बाल्यकालदेखिका साथी तथा सहपाठीहरुमध्येका एक एनआरएन यूएईका उपाध्यक्ष समेत रहेका निरंजन सिलवालले उनको मृत्यु प्रकरणमा गहिरिएर अनुसन्धान गर्न र सत्यतथ्य पत्ता लगाउन दूतावासलाई आग्रह गरेको बताउनुभयो ।

७ कक्षामा पढ्दा बुवा गुमाएका र स्नातक पढ्दै गर्दा दाजु गुमाएका,२०७२ को भूकम्पमा छोरोसमेत गुमाउँदा बिचलित नभएका डोटेलले आफ्नो अपाङ्ग आमालाई समेत बिर्सेर आत्महत्या गर्छन् भन्ने आफूहरुलाई विश्वास नलागेको उनका सहकर्मी तथा सहपाठीहरुको भनाइ छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP