Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

शुक्रवार नमाज पढ्ने बारे संयुक्त रुपमा मदरसा मस्जिद का अध्यक्षहरु को प्रेस विज्ञप्ति

कृष्णनगर,

कपिलवस्तुको कृष्णनगर नगरपालिका भित्र रहेका बिभिन्न मदरसा मस्जिदका अध्यक्ष हरुको संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी । विश्वमा महामारी को रूपमा फैलिएको कोरोना भाइरस लाई रोक्न समाजमा जनचेतना फैलाउनु पर्ने, स्वास्थ्य लगायत अन्य क्षेत्रमा समेत धेरै अगाडि रहेका राष्ट्र हरू समेत उक्त महामारी रोक्न धेरै चुनौती को सामना गर्दै आएका भारत समेत प्रभावित रहेकाले नेपालमा समेत सबै नेपाली लाई सावधानी अपनाउन आग्रह गर्दै प्रेस विज्ञप्ति जारी गरिएको छ।

नेपाल सरकारले दिएको निर्देशन लाई मुस्लिम समुदायले समेत अपनाई कोरोना भाइसको रोकथाम गर्न र सचेतना अपनाउन, मुस्लिम समुदाय मस्जिदमा अजान दिने तर नमाज पढ्नको लागि मस्जिदमा ४ जना मात्र नमाज पढ्ने भिड भाड न गर्ने र भोलि आउने शुक्रवार को नमाज आ -आफ्नो घर मा पढी नेपाल सरकार ले दिएको निर्देशनको पालन गर्ने आग्रह मौलाना मसहूद खां नेपाली लगायत समुदाय का जिम्मेवार व्यक्ति हरु ले गरेका थिए ।

कपिलवस्तुको कृष्णनगर नगरपालिक मा रहेको जामिया सिराजुलउलुम अलसल्फिया झन्डानगरका अध्यक्ष समीम अहमद नदवी, ५नं.प्रदेश मदरसा बोर्ड समिती का उपाध्यक्ष मौलाना मसहूद खां नेपाली, मुस्लिम संगठन नेपाल का अध्यक्ष सिराज अहमद फारुकी, राष्ट्रीय मदरसा संघ नेपाल का राष्ट्रीय अध्यक्ष डा.अब्दुल गनी अलकुफी, मदरसा खादिजुलकुबरा का अध्यक्ष अब्दुल अजीम मदनी, जामिया इस्लामिया नाइमिया का कार्यवाहक अध्यक्ष अब्दुल कलाम खां, मौलाना जमाल हरुको हस्ताक्षर मा प्रेस विज्ञप्ति जारी र हेरा एजुकेशनल एण्ड वेलफेयर सोसायटी शिवराज नगरपलिका का उपाध्यक्ष शैख अरसद मक्की,शैख जैस मक्की लगायतहरु ले प्रेस विज्ञप्ति को समर्थन समेत गरेका थिए|

बरु यस्ताे संकट कालमा नेपाल सरकार ले दिएको निर्देशनको पालना गर्दै यो महामारीको सामना हामी मात्रै होइन बिश्व भरीले गरि रहेको छ। साथ साथै यो रोग बाट बच्नका लागि सरकारले आफ्नो स्तर बाट हुन सक्ने सबै तरिकाले सहयोग गर्दै आएको भन्ने जस्तो कुरा विज्ञप्ति मा भनिएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP