Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

आलु, प्याज र रिचार्ज काडको कालोबजारी गर्ने ११ जना पक्राउ

जनकपुरधाम ।

जनकपुरको बिभिन्न स्थानबाट लकडाउनको मौका छोपी ग्यास, आलु, प्याज र रिचार्ज कार्ड बढी मूल्य लिएर कालोबजारी गर्ने ११ जनालाई पक्राउ गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय धनुषाको अगुवाईमा रहेको संयुक्त बजार अनुगमन टोलीले आलु र प्याजको कालोबजारी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरेको हो ।

बजार अनुगमन टोलीले आलु प्रति किलो ६० र प्याज प्रति किलो ८० मा बेचिरहेका अवस्थामा उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो ।

पक्राउ पर्नेहरूमा धनुषा जनकपुर उपमहानगरपालिका वडा नं १६ कपिलेश्वर बस्ने वर्ष ५२ बर्षीय राम अनुठ ठाकुर, वडा नं १२ बस्ने बस्ने ३५ वर्षीय जित साह , वडा नं ४ बस्ने ५० बर्षीय बिनोद कुमार साह, ४८ बर्षीय कुशेश्वर चौधरी, वडा नं ७ बस्ने २८ बर्षीय अजय साह, २४ बर्षीय प्रविन साह , वडा नं ४ बस्ने ४३ बर्षीय राज किशोर यादव रहेका छन् । वडा नं. १ बस्ने ३१ बर्षीय गुलजार शेख र ३१ बर्षीय प्रमोद साह रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

त्यस्तैगरी ग्यासको कालोबजारी गरेकोे आरोपमा जनकपुर उपमहानगरपालिका वडा नंं ४ बस्ने १९ बर्षीय कुनदन कुमार साह, रिचार्ज कार्डको कालोबजारी गरेको आरोपमा जनकपुरधाम वडा नंं ४ बस्ने २६ बर्षीय बिकास कुमार महतोलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

जनकपुरमा प्रति सिलिन्डर ग्यास एक हजार सात र रु. ५० को रिचार्ज कार्ड ६० मा बेचिरहेको सुचनाका आधारमा अनुगमन गर्ने क्रममा साह तथा महतोलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

यसअघि मंगलबार पनि आलु र प्याजको कालोबजारी गर्ने तीन जना व्यवसायीलाई प्रहरीले पक्राउ गरेको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP