Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

लकडाउन लम्ब्याउनुपर्ने हुनसक्छ-मन्त्री हृदयश त्रिपाठी

काठमाडौं, १५ चैत्र । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयश त्रिपाठीले सरकारले कोरोना भाइरसको रोकथामका लागि वाध्यकारी कदम चालेको बताएका छन् । उनले लकडाउनका कारण जनतालाई समस्या परेको विषयलाई दृष्टिगत गरी राहतका कार्यक्रम बढाइने समेत जानकारी दिए । यसैबारे त्रिपाठीसँग ऋषि धमलाले गरेको कुराकानीः
कोरोना भाइरसविरुद्ध सरकारले सशक्त कदम चाल्नुपर्छ भन्ने जनगुनासो छ, तपाईंहरु के भन्नुहुन्छ ?
सरकारले प्रभावकारी कदम चालेर नै सीमाहरुका आवातजावत बन्द गर्नेदेखि लकडाउन सम्मको व्यवस्था गरेको छ । सीमाको कुरा हाम्रा २७ ठाउँको त्यहाँका स्थानीय सरकारसँग रेकर्ड माग गरेको छ । ती सीमा जोडिएका २७ जिल्लाबाट करिब २३ हजार हाराहारी मानिसहरु भित्रिएको देखिन्छ । त्यो त्यहाँस्थित वडा कार्यालयबाट आएका रिपोर्टहरु हुन् । तीमध्ये २० हजार हाराहारी मान्छेलाई अस्थायी क्वारेन्टाइन यसलाई उच्च स्तरको मापदण्ड म भन्दिनँ । अस्थायी रुपमा समाजबाट अलग गरेर राखिएको छ । पछिल्लो समय अस्तिसम्मको रेकर्ड हर्दा झन्डै ५० जिल्लाबाट २९ हजार ५ सय ७६ जना विदेशबाट भित्रिएको देखिन्छ । ती मध्ये ३६ हजार मान्छेलाई अस्थायी क्वारेनटाइनमा राखिएको छ । त्यसलाई एकदमै क्वारेन्टाइमा होइन परिवारबाट, समाज र छरछिमेकबाट अलग कुनै एउटा विशेष ठाउँमा राखिएको छ ।
त्यसोभए स्थानीय सरकारले काम गरेको छ हो ?
आफ्नो साधन, स्रोत र क्षमता अनुसार स्थानीय तहले काम गरिरहेका छन् । त्यहाँ सबै स्टुमेन्टहरु पुरा हुन नसकेपनि उनीहरुले एक ढंगले काम गरेको देखिन्छ । यसमा हामीले के बुझ्नुपर्छ भने जुन व्यक्तिहरु ती अस्थायी क्वारेन्टाइमा छन् उनीहरुलाई खान, बस्न, पानी, ट्वाइलेट, सरसफाइको समस्या छ । त्यो हुँदाहुँदै पनि सुरक्षित ढंगले अलग राख्ने कोसिस गरियो त्यो नै उपलब्धी हो । त्यहाँ हुने अधिकांशलाई त त्यस्तो केही लक्षण देखिएको छैन । कोही–कोहीलाई ज्वरोसम्म आएको छ । त्यसको लागि सामान्य उपचारहरु भइराखेको छ । यसले कम्तिमा नयाँ व्यक्तिलाई रोग सर्नबाट बँचाएको छ । कतिपय दैनिक काम गरेर खानुपर्ने व्यक्तिहरु छन् तिनको लागि व्यवस्था हुनुपर्छ भनेर लागिरहेका छौं ।
दैनिक ज्यालादारी मजदूरका लागि तपार्इंंहरु कस्तो प्याकेज ल्याउँदै हुनुहुन्छ ?
पहिला त स्थानीय तहको सक्रियतामा त्यसको आँकडा तयार गर्ने काम भइरहको छ । त्यसका केही डाटा आउन पनि लागेको छ । यी व्यक्तिहरु हुन् भनेर डाटा आइसकेपछि उपप्रधानमन्त्रीको नेतृत्वमा बनेको उच्चस्तरीय समितिमा पठाउँछौं । त्यसको आधारमा उहाँहरुले प्याकेजको बन्दोबस्त गर्नुहोला । अहिले स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको ठूलो भूमिका हुन्छ । अहिलेसम्म दक्षिण कोरियाले जुन खालको स्क्यानिङ ग¥यो त्यो चाहिं धेरै महत्वपूर्ण ठहरियो । लकडाउनले आपूर्तिलाई केही डिस्टप गरिनै रहेको छ । खाद्यान्न उपलब्ध भयो भने जनता बाहिर आउँदैनन् । सबैले बुझेकै छ नि यो किन गरियो भनेर ।
सरकारले जनतालाई आवश्वस्त बनाउन सकेन नि ?
राहत प्याकेज र उपचारका लागि डाटा हामी संकलन गरिरहेका छौं । केही आइसकेका केही आउन बाँकी छन् । काठमाडौं महानगरपालिकाले पनि न्यून आयआर्जन भएकालाई सामान उपलब्ध गराइरहेको पनि छ । वडा कार्यालयमार्पmत त्यसको लागि वडा कार्यालयलाई नै बढी सक्रिय बनायौं भने डाटा पनि आउने लक्षित वर्ग, समुदाय पहिचान पनि हुने भएकाले उहाँहरुबाटै यो सुविधा पनि प्रदान गराउन सजिलो हुन्छ । यो नै भरपर्दो र सुनिश्चित मेकानिजम हो ।
स्थानीय तहमा कर्मचारी समायोजन भइसक्यो ?
त्यो समस्या छँदैछ । अहिले सबै कर्मचारीहरुलाई अफिसमा आइराख्नुपर्ने वाध्यता बनाइएको छैन । सात प्रदेशका लागि सातवटा उपसचिवहहरुलाई स्थानीय तहको सपर्मक व्यक्तिको रुपमा तोकेको छ । उहाँहरुले हरेक स्थानीय तहसँग सम्पर्क गरिराख्नुभएको छ । ती डाटाहरु पनि उहाँकै सम्पर्कबाट आइराखेका हुन् । हामीले यहाँबाट एउटा फर्मेट पठाएका थियौं । त्यसैको आधारमा स्थानीय तहहरुले त्यही फर्मेटमा काम गरिराखेका छन् । कर्मचारी समायोजन सम्बन्धी आफ्ना समस्याहरु यथावत नै छन् ।
विद्युत महसलमा पनि छुट दिने भनिएको हो ?
अहिले छुट दिने भन्दा पनि आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने । अहिले जसरी चिकित्सकहरुबाट आवश्यक सामाग्रीहरुको माग भइरहेको छ । त्यसैगरी किटहरुको व्यवस्था गर्नुपर्ने छ । यसको लागि मित्रराष्ट्र भारत र चीनबाट पनि सहयोगको कुरा आइरहेको छ ।
काठमाडौंंबाट धेरै गाउँ गएको उनीहरुको जाँच गर्नुपदैन ?
काठमाडौंबाट गएका सबैको जाँच गर्नुपर्ने अवस्था छैन । यो एक महिनाको बीचमा जति पनि विदेशबाट आएका छन् । उनीहरुलाई नै केन्द्रबिन्दु बनाएर जाँच्नुपर्छ । किन भने यो नेपालमा उत्पादन भएको रोग होइन । यो आयातित रोग हो । जसलाई लक्षण देखिएको त्यसलाई केन्द्ति गरेर जँचाउनुपर्छ ।
सडक बालबालिका, बृद्धबृद्धाहरुको पनि कुरा आएको छ उनीहरुलाई कहाँ राख्ने ?
सडक बालबालिकाको कुरा छ । त्यसैगरी देशैभरि वृद्धवृद्धाश्रमहरु छन् आँकडाहरु धेरै आइरहेको त्यसलाई लक्षित गरेका छौं । बाल आश्रमहरु छन् जहाँ उनीहरु एकै ठाउँमा धेरै जना बसेका छन् । यिनीहरुको व्यवस्थापन गर्न सही डाटा ल्याउने स्थानीय निकाय र वडा कार्यालय नै हो । यसमा उपप्रधानमन्त्रीको नेतृत्वमा बनेको उच्चस्तरीय समिति छ, त्यसको महत्वपूर्ण भूमिका रहन्छ ।
मन्त्रालयका कर्मचारीहरु पनि फुर्सदिँला भए होइन ?
यसमा दुईवटा कुरा छन् । एकथरीले बढी नै काम गरिरहेका छन् । नीतिनिर्माणका काम गर्ने सचिव, सहसचिहरु, स्थानीय तहका प्रशासकीय अधिकृतहरु, स्थास्थ्यक्षेत्रका कर्मचारीहरुले युद्धस्तरमै काम गरिरहेका छन् । अन्य कर्मचारीहरुलाई भीडभाड नहोस् भनेर लकडाउनलाई सफल बनाउनका लागि घरमै बस्न भनिएको छ ।
लकडाउन अभैm लम्बिन्छ ?
यो त लाम्ब्याउनुपर्ने वाध्यता नै हुन सक्छ । हप्ता दश दिनको मात्रै लाकडाउनले कुनै रिजल्ट आउँदैन । यसलाई लम्बिल्याउनु अगाडि केही कुराहरुको सुनिश्चितता गर्नैपर्छ । खाद्यान्न व्यवस्था, काठमाडौंलगायत कतिपय ठाउँमा खानेपानीको पनि समस्या छ । सबैभन्दा ठूलो कुरा चिकित्सकहरुको बारेमा धेरै खेलाँची गर्न मिल्दैन । उनीहरुलाई युद्धमा बिना हतियार पठाउन सक्दैनौं । जतिसक्दो चाँडो उनीहरुको सुरक्षा सामाग्रीको व्यवस्था गर्नुपर्छ । यसमा यो मन्त्रालय, ऊ मन्त्रालय भन्ने अवस्था जसरी समाजका विभिन्न तह, तप्पा एकीकृत भएका छन् । त्यसैगरी राज्यका सबै अंगहरु एकीकृत ढंगले अगाडि बढ्नुपर्छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP