Trending
flash भारतबाट अवैध रूपमा ल्याइएका १ हजार ५ सय चल्ला बरामद flash नागरिक यात्रुको गुनासो र समस्या तत्काल सम्बोधन गर्न यात्रु सहायता कक्ष स्थापना flash राकेश यादवले दिए कांग्रेसको केन्द्रीय सदस्य पदमा उम्मेदवारी flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ

रवि र अस्मिताको फरक फरक वयान

चितवन भदौ ७

मृतक पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा पक्राउ परी न्यायिक हिरासतमा रहेका रवि लामिछाने र अस्मिता कार्कीको मत बाझिएको पाइएको छ। उनीहरूले दिएको बयानमा दुईजनाको मत आपसमा बाझिएको अधिवक्ता गोपीलाल देवकोटाले बताए।

कहाँ बाझियो रवि र अस्मिताको मतरु

देवकोटाका अनुसार अस्मिताले आफ्नो कारणले नभई रवि र युवराजका कारण आत्महत्या गरेको हो भनी बयान दिएकी छन्। बयानमा आफ्ना कारणबाट शालिकरामले आत्महत्या नगरेको जिकिर गर्दै उनले रवि र युवराजलाई पोलेको अधिवक्ता देवकोटाले बताए। उनले बयानमा आफ्नो र शालिकरामको सम्बन्ध राम्रो रहेको र आफूले शालिकरामलाई विवाहित हुनुहुँदो रहेछ भनेर एकपटक मात्रै सोधेको बताएकी छन्।

उता, रविले पनि आफ्नो कारण यो घट्ना नघटेको दाबी बयानमा दिएको अधिबक्ता देवकोटाको भनाइ छ। तर, उनीहरूबीचको मत एकापसमा बाझिएको बताइएको छ। रविले आफुले अस्मितालाई प्रहरी नियन्त्रणमा आएपछि मात्रै देखेको बताएका छन् भने अस्मिताले यसअघिबाटै चिनजान रहेको बयान दिएकी छन्।

यस्तै, रविले बयानका क्रममा शालिकरामसँग प्रत्यक्ष संवाद थिएन, सम्पर्क थिएन भनेका छन्। तर एउटै टेलिभिजनमा, एउटै टिममा रहेर काम गरेको, विभिन्न रिपोर्ट तयार पार्दा सँगै गएको विषय आइसकेकाले उनको यो क्रियाकलापले रविलाई नै अफ्ठ्यारो पर्न सक्ने कानुनविदको भनाइ छ। रवि र अस्मिताले फरकफरक मत राख्दा त्यसको असर रविलाई नै पर्न सक्ने अधिवक्ता देवकोटाको अनुमान छ।

रविको धारणा उनैलाई घातक हुनसक्ने

रविले विभिन्न माध्यमबाट आफ्नो धारणा सार्वजनिक गर्दा अदालतमा उनैलाई घातक हुनसक्ने खतरा रहेको बताइएको छ। उनले बाहिर निस्किएको केही मिनेटमा आफू निर्दोष रहेको प्रमाणित गर्ने बताएका छन्। अधिबक्ता देवकोटाले भने रविलाई छाडियो भने ५ मिनेटमा प्रमाण नष्ट हुने अथवा आफ्नो पक्षको सबुत सार्वजनिक गर्ने भएकाले उनको हिरासत बसाई लम्बिने सम्भावना रहने बताए।

रविले विभिन्न सामाजिक सञ्जालमार्फत हिरासतबाट बाहिरिएको ३ मिनेटमा आफू निर्दोष रहेको प्रमाणीत गरेर देखाउने दाबी गरेका छन्। यस्तै एउटा युट्युव च्यानलसँग कुरा गर्दै प्रहरी प्रमुख दान बहादुर मल्ले आफूलाई नियोजित रुपमा फसाउन खोजेको आरोप लगाएका थिए। उनले आफूलाई मार्न पनि सक्ने आशंका व्यक्त गरेका छन भने गोप्य भनिएको भिडियो सामग्री चोरेर मिडियालाई दिएकाले मल्लमाथि पनि छानविन हुनुपर्ने माग गरेका छन्।

तेस्रोपटक म्याद थप हुने सम्भावना कतिरु

तेस्रोपटक म्याद थप हुने सम्भावना ९० प्रतिशत रहेको अधिवक्ता देवकोटाले बताए। अभियोग पत्र तयार भइनसकेकाले उनीहरू तिनै जनाको म्याद थपिने सम्भावना रहेको उनको भनाइ छ।

सरकारले २५ दिनभित्र सम्बन्धित विषयको अनुसन्धान सकाउनुपर्ने भएकाले कतिपटक भन्दा पनि कति दिन भयो भन्ने विषयले प्राथमिकता पाउने उनको भनाइ छ । अहिले घटनास्थल वरपरका व्यक्तिहरुको बयान, डोरी किनेको पसल सञ्चालकको बयान लिइरहेको साथै अन्य प्रमाणहरू संकलन गर्ने र अनुसन्धान गर्ने काम भइरहेको प्रहरीले बताएको छ।

पुडासैनीको आत्महत्या कि हत्यारु

पुडासैनी झुण्डिएको अवस्थामा फेला पर्नु, आफैँले डोरी किनेर लगेको पसलको सिसि क्यामेरा फुटेज फेला पर्नु र शव परीक्षण प्रतिवेदन भिसेरा रिपोर्टमा हत्या नभएको पुष्टि हुनुले पनि आत्महत्या नै हो भन्ने पुष्टि हुने अवस्था रहेको देवकोटाको भनाइ छ। यसलाई अदालतले फाइनआउट गर्न मात्रै बाँकी रहेको उनको भनाइ छ।

पत्रकार शालिकराम पुडासैनी नारायणगढस्थित पोखरा बसपार्कमा रहेको होटल कंगारुको कोठामा गएको साउन २० गत्ते झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । मृतक पुडासैनीको मृत्यु प्रकरणमा नाम मुछिएपछि रविसहित ३ जनालाई काठमाडौंबाट साउन ३० गते पक्राउ गरी चितवन ल्याएको छ। त्यसपछि अदालतबाट थपिएको दोस्रो पटकको म्याद आइतबार सकिँदै छ। स्राेत थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP