दिपक के.सी.
कपिलवस्तु चैत्र १६
कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटाका युवा व्यवसायीहरुले लक डाउनको छैठौं दिन गरिब तथा निम्न आय भएका १२ घर परिवारलाई राहत वितरण गरेका छन । 
चन्द्रौटामा रहेको जय माँ लक्ष्मी ट्रेडर्सका व्यवस्थापक तथा नेपाली काँग्रेस महा समिति सदस्य विजय जयसवाल, लक्ष्मी ट्रडर्स तथा ग्यालेक्सी शुद्ध पिउने पानीका व्यवस्थापक विष्णु हमाल र युवा प्रकाश चौधरीले संयुक्त रुपमा खाद्यान्न सामाग्री वितरण गरेका हुन । नगरपालिकाको वड नं. ५ को उत्तर रहतकोलमा ४, पूर्व रहतकोलमा ४, दक्षिण रहतकोलमा ४ र भलुही गाउँमा ४ गरी १२ घरलाई चामल, दाल, नुन, तेल, मसला, आलु, सोयाविन र साबुन वितरण गरिएको जयसवालले बताए ।
दैनिक ज्यालादारी गरी खाने अन्य आय स्रोत नभएका गरिब घर परिवार छनौट गरी केहि दिनलाई पुग्ने खाद्य सामाग्री वितरण गरिएको ग्यालेक्सी शुद्ध पिउने पानीका व्यवस्थापक विष्णु हमालले बताए । देश लक डाउन भएको अवस्थामा सबै घरमा नै सुरक्षित बसेका छन, यस्तो बेला हुने खानेहरुलाई केहि समस्या छैन,दैनिक मजदुरी गरी खानेहरुलाई साझ विहानको छाकको समस्या छ हामीले सुरुवात गरेका छौं, अझै पनि कोहि त्यस्ता घर परिवार भेटिए राहत प्रदान गर्ने छौ जय मा लक्ष्मी टेड्रर्सका व्यवस्थापक तथा नेपाली काग्रेस महा समिति सदस्य विजय जयसवालले बताए ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया