Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

कोरोना भाइरसः विजयनगरमा सर्वपक्षीय बैठक सम्पन्न, के भए त निर्णय ?

राम प्रघट कोरी

विजयनगर

कपिलवस्तुको विजयनगर गाउँपालिमा कोरोना भाइरस संक्रमण नियन्त्रण तथा लकडाउन अवधीभर गाउँपालिका भित्रका गरिब विपन्न, तथा मजदुर वर्गका घरपरिवारलाई राहत वितरण सम्बन्धी गोपाल बहादुर थापाको संयोजकत्वमा सर्वदलीय, सर्वपक्षीय बैठक सम्पन्न भएको छ ।

गाउँपालिकाले चालेका कदमको प्रशंसा गर्दै पूर्णरुपमा लकडाउनलाई पालना गर्नुको साथै विशेष योजनाकासाथ अगाडी बढ्न सबै सरोकारवालाले जोड दिएका छन् । बैठकमा आएका सुझाव अनुरसार अघि बढ्न विभिन्न निर्णयहरु गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत गोविन्द भट्टराईले जानकारी दिनुभयो ।

सर्वदलीय, सर्वपक्षीय बैठकका यी निणर्यहरु हुन् ।

१. बैठकले कोरोना भाइरस संक्रमणका कारण त्यो बाहेकका विरामीहरुलाई असर परिरहेका अवस्थामा यस गाउँपालिकाका स्वास्थ्य संख्याहरुको स्थान र अन्य उपयुक्त स्थानबाट गाउँपालिकामा स्वास्थ्यकर्मीहरुको टोली बनाई घुम्ती टोली आवश्यकता अनुसार खटाउने ।

२. राहत वितरण तथा आर्थिक सहायताको काम एकद्धार प्रणाली अवलम्बन गरी गाउँपालिकामार्फत मात्र गर्ने ।

३. राहत सामग्री तथा आर्थिक सहायता उपलब्ध गराउन चाहने व्यक्ति संघ वा संस्थाले गाउँपालिकाको राहत कोषमा जम्मा गर्नुपर्ने, अत्यावश्यक सेवा लिनेदिने कृषकहरुलाई आवश्यक इन्धन लगायतको व्यवस्थापनका लागि गाउँपालिका तथा प्रशासनबाट आवश्यक पहल र सहजीकरण गर्ने ।

४. कालोबजारी नियन्त्रण लागि सिमित आपूर्तिको छनोट गर्ने तथा अनिवार्य मूल्य सुची राख्ने व्यवस्था गर्ने ।

५. निरन्तर अनुगमन तथा खबरदारी गर्ने, जहाँ जसले कालोबजारी भएको जानकारी प्राप्त गर्छ तत्काल सम्बन्धित निकायमा जानकारी गराउने र त्यस्तो व्यक्ति तथा विक्रेतालाई कानुन बमोजिम प्रक्रिया अगाडी बढाउने ।
राहत सामग्री वितरण पारदर्शी र वास्तविक व्यक्तिले प्रत्यक्ष लाभ लिने निर्णय भएको जानकारी दिँदै यस संकटको घडीमा आफू बचौँ र अरुलाई पनि बचाऔँ, कोही पनि अनावश्यक रुपमा घर बाहिर ननिस्कौँ, लकडाउन अवधीलाई पूर्णरुपमा पालना गरौँ, गाउँपालिकाकाले आजदेखि राहत वितरण कार्य अघि बढाएकोमा सबैलाई आ–आफ्नो ठाउँबाट सहयोग गर्न अनुरोध गर्नुभएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP