Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

शिवराज नगरपालिका वडा न.१ को सार्वजनिक सुनुवाई सम्पन्न

कपिलवस्तु भाद्र ७ ।
शिवराज नगरपालिका वडा न.१ को सार्वजनिक सुनुवाई सम्पन्न भएको छ ।
शिवराज न.पा.वडा न.१ को आयोजनामा चेतनशिल किशोरी संबाद केन्द्र तथा क्रियाशिल पत्रकार महिला कपिलबस्तुको सयुंत्त संयोजनमा वडाले प्रवाह गर्ने सेवा सुबिधाको बारेमा सार्वजनिक सुनुवाई गरिएको थियो ।
कार्यक्रममा सहभागिले बिकास निर्माण,स्वास्थ,शिक्षा,कृषि,महिला सशत्तिकरण,योग शिक्षा, लगायतका बिषयबस्तु उठान गरेका थिए ।
सहभागिको प्रश्नलाई संबोधन गर्दै वडा न. १ का वडा अध्यक्ष जगत बहादुर जि.सिले नगरपालिकाले बिनियोजन गर्ने लक्षित वर्गको बजेट अन्तरगत सबै वडामा बसोबास गर्ने महिलाका समस्या र अवसरलाई सहि हिसाबले संबोधन गर्न नसकेको बताउँदै अव गरिने कार्यक्रममा वडा न. १ ले वडा भित्रैका महिलालाई मात्र लक्षित गरेर सिप सिकाउने तथा अन्य कार्यक्रम संचालन गर्ने प्रतिबद्धता गर्नु भएको थियो ।
अन्य समयमा हुने सार्वजनिक सुनुवाइमा भन्दा फरक प्रश्नलाई संबोधन गर्दै वडा अधयक्ष जिसिले योग शिक्षाले मानब जिवनमा अत्यान्तै ठुलो भुमिका निर्वाह गर्ने बताउँदै नगर भित्रका सबै वडामा योग शिक्षा संचालन गर्ने योजना रहेको बताउनु भयो । नेपाल आदर्श बहुमुखि क्याम्पसका प्रमुख हेमराज शर्माले शिवरान नगरपालिका वडा न.१ ले अन्य शिर्षकमा लाखौं बजेट बिनियोजन गरे पनि यस वर्ष बिद्यार्थी प्रोत्साहन,छात्राबृत्रि लगायत शिक्षामा कुनै पनि शिर्षकमा वजेट नछुट्टाएको गुनासो राख्दै सरकारले कक्षा १२ सम्म नि:शुल्क शिक्षा दिने भनिए पनि कतिपय बिद्यार्थीहरु अझै पनि शुल्क तिर्न नसकेर बिद्यालय छाड्नु परेको बताउनु बताउनु भयो । किर्डाक नेपालका जिल्ला संयोजक हरि प्रसाद लौडारीले हरेक संस्थाले वडा भित्र गरेका कामको अनुगमन गर्न आवश्यक रहेको बताउँदै शिवराज नगरपालिका भित्र २४ किशोरी संबाद केन्द्र निर्माण गरेर संबाद केन्द्रमा बिभिन्न बिषयबस्तु उठान गर्ने र किशोरीबाटै समस्याको समाधान खोज्ने बताउनु भएको छ । किर्डाकद्धारा संचालित किशोरी संबाद केन्द्रमा आबद्ध बहिनीहरुमा धेरै परिवर्तन आएको बताउनु भयो ।कार्यक्रममा वडा न.१ का वडा अध्यक्ष जगतबहादुर जि।सि,कार्यपालिका सदस्य लक्ष्मी हमाल,टीका बि।क,किर्डाक नेपालका जिल्ला संयोजक हरि प्रसाद लौडारी,नेपाल आर्दश बहुमुखिका कयाम्पस प्रमुख हेमराज शर्मा,ब्यापार संघ कलिबस्तुका अध्यक्ष माहादेब पोखरेल,नेकपा वडा न.१ का अध्यक्ष खिम बिक्रम के।सि,पेट्रोलियम एसोसियसनका अध्यक्ष ढुनडीराज अधिकारी, किशोरी संबाद केन्द्रका किशोरीहरु लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रम इष्ट्रोमा फाउन्डेशनको सहयोगमा किर्डाक नेपालको सहजीकरणमा चेतनशिल संबाद केन्द्र तथा क्रियाशिल पत्रकार महिलाको संयुक्त संयोजनमा कार्यक्रम समपन्न भएको थियो ।कार्यक्रम शिवराज नगरपालिका वडा न.१ का वडा अध्यक्ष जगत बहादुर जि।सिको अध्यक्षतामा क्याम्पस प्रमुख हेमराज शर्मा र किर्डाक नेपालका जिल्ला संयोजक हरि प्रसाद लौडारीको बिशेष आथित्यतामा सम्पन्न कार्यक्रमको संचालन गीता पौडेलले गर्नु भएको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP