प्रिय धन ,
हुप्सेकोट गाउँपालिकाले नियमित रुपमा मृगौलाको डाइलाइसिस गर्ने बिरामीलाई राहत स्वरुप दुईतर्फी इन्धन खर्च स्वरूप रु. दुई हजार सहयोग गर्ने भएको छ । लक डाउनका समयमा धेरै बिरामीहरू मारमा परिरहेका छन् ।
नियमित रूपमा मृगौलाको डाइलाइसिस गर्नुपर्ने बिरामीहरू कम्तीमा पनि हप्ताको २ पटक अस्पताल जानुपर्ने भएकाले बिरामीहरूको अवस्था लाई मध्यनजर गर्दै गाउँपालिका भित्रका बिरामीहरू पहिचान गरी आज तत्काल बैठक बसी सो निर्णय गरिएको स्वास्थ्य शाखा का प्रमुख कृष्ण सापकोटा ले जानकारी दिनुभयो । यो निर्णय लक डाउन अवधिभर मात्र रहनेछ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया