Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

न्यूयोर्कमा बस्दै आएका मुस्ताङका दुई नेपाली घरभित्रै मृत फेला

काठमाडौं । अमेरिकाको न्यूयोर्कमा बस्दै आएका मुस्ताङका दुई जना नेपाली मृत अवस्थामा भेटिएका छन्। घरभित्र दुई नेपाली मृत अवस्थामा भेटिएको नुप्रि एसोसिएसनका पूर्व अध्यक्ष मिङमार लामाले जानकारी दिनुभयो ।

केही दिनदेखि बिरामी रहेका उनीहरुको कोठाभित्र मृत्यु भएको जानकारी उहाँले दिनुभयो । मृत फेला परेका उनीहरु एक न्युयोर्कको क्विन्सस्थित जमाइकामा र अर्का क्विन्स सन्नीसाइड बस्दै आएका थिए।

न्युयोर्कको क्विन्सस्थित जमाइकामा बस्दै एक जना लामो समय फोन सम्पर्क नभएपछि उनी बस्ने कोठामा पुगेर हेर्दा मृत अवस्थामा फेला परेका थिए। उनको मृत्यु कोरोना संक्रमणका कारणले हुन सक्ने बताइएको छ। यद्यपी उनको पोष्टमार्टम रिर्पोट भने आएको छैन्।

क्विन्स सन्नीसाइडमा बस्दै आएका अर्का मृतकको पनि सुरुमा टाउको दुख्ने र श्वासप्रश्वासमा समस्या आएपछि स्थानीय अस्पतालमा उपचारका लागि लगिएको र केही दिन घरमै आराम गर्न भनिएको थियो। उनलाई पहिलेदेखि नै मुटुरोगको समस्या रहेको बताइएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP