माधव बेल्वासे
चन्द्रौटा,२३ चैत
कपिलवस्तुको शिवराज नगरपालिका भित्र रहेका छ वटा सहकारीद्धारा नगरपालिकाले स्थापना गरेको स्थानिय तह प्रकोप कोषमा सहयोग प्रदान गरिएको छ । आईतवार नगरपालिकाको कार्यालयमा पुगेर नगरप्रमुख नेत्रराज अधिकारीलाई रु १ लाख ७ हजार १ सयको चेक हस्तानतरण गरिएको छ ।
चन्द्रोटामा रहेको अरनिको बचत तथा ऋण सहकारी द्धारा रु ५० हजार,सर्बोदय बचत तथा ऋण सहकारी द्धारा रु १० हजार,जनकल्याण स्वालम्बन बचत तथा ऋण सहकारी द्धारा रु १५ हजार १ सय,उज्यालो बचत तथा ऋण सहकारी द्धारा रु १५ हजार,बिगुल बचत तथा ऋण सहकारी द्धारा रु १० हजार र श्रृजनशिल बचत तथा ऋण सहकारी द्धारा रु ७ हजार रकमको चेक प्रदान गरिएको हो ।
शिवराज सहकारी संजालका अध्यक्ष नारायण भाटले विपतको समयमा सहकारीहरुको सानो सहयोगले निम्न बर्गका नागरिकहरुलाई राहतको महशुस हुने अपेक्षा सहित सहयोग गरेको बताउनुभयो । यो विपतको समयमा सहकारीहरुले किस्ता र ब्याजमा केहि सहुलियत गर्ने तयारी समेत गरेको बताउनुभयो ।
सहकारीहरुको चेक बुझ्दै नगरप्रमुख नेत्रराज अधिकारीले यस समयमा नगरपालिकाले मात्र सहयोग गरेर नपुग्ने भएकोले सबैको सहयोग आवश्यक रहेको बताउनुभयो । नगरभित्र रहेका गैरसरकारी संघ सस्था तथा व्यक्तिहरुले पनि नगरपालिकालाई सहयोग गर्न आग्रह गर्नुभयो । नगरपालिकाले प्याकेज बनाएर नगरभित्रका १६ सय घरपरिवारलाई राहत बाढ्ने पकृया अघि बढेको उहाँले बताउनुभयो । छ वटै सहकारीका अध्यक्ष तथा प्रतिनिधि नगरपालिकामा पुगेको थिए । संजालका अध्यक्ष भाटले आफ्नो व्यक्तिगत तर्फवाट नगरपालिकाको उक्त कोषमा जम्मा गर्न रु १० हजार को चेक पनि नगरप्रमुखलाई प्रदान गर्नुभएको छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया