Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

कपिलवस्तुको विजयनगरमा ८ महिला ५ बच्चा सहित १ सय ४५ जना क्वारेन्टाइनमा

दिपक के.सी.
कपिलवस्तु चैत्र २३
विश्वमा महामारीको रुपमा फैलिएको कोभिड १९ कोरोना भाइरसको महामारीबाट बच्न भारत र तेस्रो मुलुकबाट आउनेहरुलाई सरकारले १४ दिन सम्म क्वारेन्टाइनमा बस्न भनेको छ । यसै अनुरुप कपिलवस्तुको विजयनगर गाउँपालिकाले पनि ४ वटा क्वारेन्टाइनमा १ सय ४५ जनालाई राखेर स्वास्थ्य निगरानी गर्दै आएको छ ।
गाउँपालिकामा छिमेकी मुलकमा रोजगारीको शिलशिलामा गएकाहरुको घर फर्कने क्रम बढेसंगै क्वारेन्टाइनमा बस्नेको संख्या बढेको गाउँपालिका अध्यक्ष गोपाल थापाले बताउनु भयो । गाउँपालिकाको विभिन्न ४ ठाँउमा क्वारेन्टाइन स्थापन गरी भारत र विदेशबाट आउनेहरुलाई राखिएको अध्यक्ष थापाले बताउनु भयो । गाउँपालिका अध्यक्ष थापाका अनुसार गाउँपालिकाको वडा नं. ५ रामशरण निमाविमा ३२ क्षमताको क्वारेन्टाइनमा २९ जना पुरुष, १ जना महिला र १ बच्चा गरी ३१ जना रहेका छन । यस्तै वडा नं. १ दुधाधारी मावि गुगौलीमा ६५ जनाको क्षमताको क्वारेन्टाइनमा ६ महिला ५२ पुरुष र १ बच्चा गरी ५९ जना रहेका छन । वडा नं. ७ को लौटनराम द्रौपदी मावि गणेशपुरमा ५० जना क्षमता रहेको क्वारेन्टाइनमा १ महिला ४२ पुरुष १ बच्चा गरी ४४ जना रहेका छन । यस्तै वडा नं. ६ को हरिबोध आधारभूत विद्यालयमा २४ जनाको क्षमता रहेको क्वारेन्टाइनमा १ महिला ८ पुरुष र २ बच्चा गरी ११ जना क्वारेन्टाइनमा रहेका छन ।
आइतबार सम्म क्वारेन्टाइनमा १ सय ४५ जना रहेको र उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख यज्ञ प्रसाद अधिकारीले जानकारी दिनुभयो । क्वारेन्टाइनमा रहेकाहरुको नियमित स्वास्थ जाँच, सुरक्षा कर्मीबाट सुरक्षा, इन्टरनेट सुविधा ,स्वस्थकर खाना खाजाको व्यवस्था रहेको पौडेलले बताउनु भयो । क्वारेन्टाइनमा बसेकाहरुलाई सुरक्षाकर्मिले शारिरिक रुपमा व्यायाम अभ्यास पनि गराउदै आएको स्वास्थ्य शाखा प्रमुख अधिकारीले बताउनु भयो

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP