Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

व्याज मिनाहा गर्न सम्भव छैन, सकेको राहत सरकारले दिन्छः गभर्नर

काठमाडौँ । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीले सवै ऋणीहरुको व्याज मिनाहा दिने विषय असम्भव हुने बताउनुभएको छ । उहाँले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर व्यापार व्यवसाय गर्दै आएका उद्योगीहरुको माग अनुसार व्याज मिनाहा दिन सक्कने अवस्थामा राज्य नरहेको बताउनुभयो ।

नेपाली रेडियो नेटवर्कको नेपाली बहशमा कुरागर्दै गभर्नर अधिकारीले विश्व अर्थतन्त्र नै संकटमा परेको अवस्था अहिले सरकार, निजि क्षेत्र र आम नागरिकले सवै बचौँ र बचाउँ भन्ने शिदान्तबाट अगाडी बढ्नुपर्ने धारणा राख्नुभयो । उहाँले साना ऋणीहरु र धरै मर्कामा परेका ऋणीहरुलाई सरकारले कुनै स्रोतबाट प्याकेज ल्याएर निस्चित समय सम्मको मिनाहा दिने कुरा अलग भए पनि अहिलेको समयमा व्याज मिनाहा दिदा वित्तीयसंस्थाहरु संकटमा पर्ने बताउनुभयो ।

गभर्नर अधिकारीले भन्नुभयो,‘उद्योगीको माग अनुसार सवै व्याज मिनाहा गर्न सकिदैन । सवै ऋणको व्याज मिनाह गर्दा भोली अरु क्षेत्रहरुमा असर पर्न सक्छ । तर, के गर्दा वित्तीय क्षेत्र, उद्योग व्यावसायी र सरकारलाई पनि असर पर्दैन त्यो अनुसार राहतको व्यवस्था गर्छौ । म सवैसंग छलफल गर्छु । केहि निर्णयहरु म आउनुभन्दा अगाडी नै राष्ट्र बैंकले गरिसकेको छ’ ।

उहाँले परिस्थिति हेरेर असार मसान्त सम्मको समय दिन सकिने तर्फ संकेत गर्दै नेपाली रुपैँया अवमुल्यनले आयातलाई असर पारिरहेकाले आयात प्रतिस्थापनका लागि विद्युतमा जोड दिने खालका नीतिहरु अवलम्बन गरिने बताउनुभयो । अधिकारीले अहिले सवै भन्दा धेरै रकम पेट्रोलिम पदार्थ आयतमा खर्च भइरहेको भन्दै यसलाई घटाउन सरकारले विद्युतिय सवारीमा जोड दिने बताउनुभयो ।

गभर्नर अधिकारीले अहिले विश्वनै चुनौतीमा रहेका बेला नेपाल पनि त्योबाट अछुतो नरहेको भन्दै कोरोना नियन्त्रण गर्दै नेपालका बैंक तथा वित्तीय संस्थाहरुलाई क्रियासिल बनाएर लान आवस्यक रहेको दाी गर्नुभयो । अर्थतन्त्र संवेदनसिल र जटिल मोडमा भएकाले विचारणीय विषयहरुमा ध्यान दिन आवस्यक रहेको उहाँको भनाई छ ।

उहाँले भन्नुभयो,‘अहिलेका नीति नियमहरुलाई रिस्टक्चर गर्नुपर्ने देखिएको छ । नेपाल राष्ट्र बैंक नेपाल सरकारको सल्लाहकार भएकाले आर्थतन्त्रलाई रिकभर गर्नका लागि प्रयासरत रहने छ । बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएरका उद्यमी व्यवसायीहरु हेनुपर्ने अवस्था छ । हरेक निक्षेप कर्ता र लगानीकर्तालाई विश्वासमा लिनुपर्छ । अहिले जुन खालको त्रास छ यसलाई हटाउनुपर्छ’।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP