Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

जब लुकिछिपी छिरेका १५ भारतीय महोत्तरीमा एक घरमा भेटिए…

कोरोना भाइरस (कोभिड–१९) बाट जोखिन सरकारले देशैभर लकडाउन र सीमा नाका समेत ठप्प पारेको छ। तर, पनि सीमा नाकाबाट भारतीय लुकिछिपी मधेसका जिल्ला आउन छाडेका छैनन्।

सीमा नाका ठप्प भएको बेलामा भारतको राजधानी नयाँदिल्लीको निजामुद्दिनमा भएको धार्मिकसभामा सहभागी भएर मधेसका जिल्लामा सयौं मुसलमान प्रवेश गरेका थिए। सप्तरी, महोत्तरी, पर्सा र रौतहटका जिल्लामा भारतबाट सीमा नाका ठप्प रहेको अवस्थामा लुकिछिपी प्रवेश गरेपछि प्रहरीले नियन्त्रणमा लिए। अहिले उनीहरूलाई क्वारेन्टाइनमा राखिएको छ।

चैत २२ गते राति महोत्तरीको सीमा नाकाबाट १५ जना मुसलमान प्रवेश गरे। उनीहरू महोत्तरीको एकडारा गाउँपालिका–५ बहेरा टोलमा लुकेर बसेको सूचना सामाजिक अभियन्ता सरोज रायले पाए। उनी आइतबार दिउँसो प्रमुख जिल्ला अधिकारी र प्रहरी अधिकारीसँग समन्वय गरेर भारतीय मुसलमानलाई खोज्न जनकपुरबाट महोत्तरी हिँडे।

स्वास्थ्यकर्मी राकेश यादवलाई समेत लिएर एकडारा पुगेका अभियन्ता रायले गाउँपालिका प्रमुख छविला राहलाई पनि भारतीय मुसलमान आएर लुकेर बसेको विषयमा जानकारी गराए। प्रमुख साह आश्चर्यमा परे। उनलाई सुरुमा विश्वास लागेकै थिएन।

भारतीय मुसलमान बहेरा टोलस्थित मदरसामा लुकेर बसेको सूचना पाएका थिए रायले। उनी सिधा त्यहाँ पुगे। तर, कोही भेटिएनन्। त्यसपछि उनले त्यहाँका वडाध्यक्ष शेराजुदिलको पनि सहयोग लिए। भारतीय मुसलमान कहाँ बसेका छन् भन्ने पत्तालगाउन सोधपुछ जारी राखे। केही महिलाले नयाँ अनुहारका व्यक्तिलाई देखेको बताए। तर, कहाँ बसेका छन् भन्ने कुरा थाहा नभएको प्रतिक्रिया दिए।

खोजतलास जारी राखेपछि उक्त टोलीले ती भारतीय मुस्लिम किशोरहरू बसेको ठाउँ पत्ता लगाएरै छाड्यो। एक स्थानीयको घरमा राखिएको घरमा १३ वर्षदेखि १८ वर्ष उमेर समूहका १५ भारतीय मुसलमान फेला परे। सोधपुछ गर्दा उनीहरूले युपीको एउटा मदरसामा अध्यनरत रहेको बताए।सोधपुछपछि स्वास्थ्यकर्मी यादवले उनीहरूको ज्वरो जाँच गरे। सबैको तापक्रम सामान्य रहेको छ। कोरोनाभाइरसको कुनै पनि लक्षण देखिएको छैन।

‘भारतमा लकडाउन सुरु भएपछि उनीहरु आफ्नो घर बिहारको किशनगञ्ज जिल्ला फर्किने क्रममा सीतामढीमा आएर घेरिएको बताएका छन्’, रायले भने, ‘घेरिएपछि मुख्य सीमाबाट नआएर चोरबाटो हुँदै साथीको घर एकडारा आइपुगेको उनीहरुको भनाइ छ।’

सोधपुछपछि स्वास्थ्यकर्मी यादवले उनीहरूको ज्वरो जाँच गरे। सबैको तापक्रम सामान्य रहेको छ। कोरोनाभाइरसको कुनै पनि लक्षण देखिएको छैन। यद्यपि उनीहरू भारतबाट आएकाले कोरोनाको लक्षण १४ दिनपछि देखा पर्नसक्छ। त्यसैले उनीहरूमाथि कडा निगरानी राख्नुपर्ने देखिएको छ।

उनीहरुलाई अलगै होम क्वारेन्टाइनमा बस्न रायले सुझाएका छन्। उनी भन्छन्, ‘उनीहरुले बताएका कथा सत्य रहे पनि स्थानीयले बेलैमा प्रशासनलाई जानकारी नगराउनु चरम लापरबाही हो।’ भारतीय व्यक्तिको अवस्थाबारे वडाध्यक्ष र स्थानीय समाजले थाहा पाएर पनि यथार्थ लुकाएर ठूलो गल्ती गरेको उनको भनाइ छ।

रायले प्रहरी प्रशासनलाई समेत खबर गरेको बताउँदै उनीहरूलाई अब के गर्ने विषयमा प्रशासनले निर्णय लिनुपर्ने बताए। उनले सर्च अप्रेशन कुनै वर्ग-समुदायको लागि नभएर कोरोना-मानव चेन तोड्नको लागि मात्र रहेको स्पष्ट समेत पारे।

भारतीय मुसलमान किशोरहरू सीमा नाकाबाट कसरी प्रवेश गरे भन्ने विषय गम्भीर बनेको छ। उनीहरूको प्रवेशले सीमा नाकामा खटिएका सुरक्षाकर्मीमाथि प्रश्न खडा मात्र भएको छैन, सुरक्षाकर्मीको चरम लापरबाही समेत देखिएको रायको भनाइ छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP