Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

देश बाहिर रहेका नेपालीहरु ल्याउन नसके उनीहरूको खाने बस्ने प्रबन्ध मिलाउनुः सर्वोच्च अदालत

काठमाडौं । सर्वोच्च अदालतले नेपाल-भारत सीमा र अन्य विदेशी मुलुकमा विपत्मा परेर नेपाल आउन चाहने नेपालीलाई ल्याउन र ल्याउन नसके उनीहरूको खाने बस्ने प्रबन्ध मिलाइदिन सरकारलाई आदेश दिएको छ ।

अधिवक्ता मिना खड्का बस्नेत र माधव बस्नेतको एउटा र मनिषकुमार श्रेष्ठको अर्को रिट एकै साथ हेर्दै न्यायाधीश दीपक कुमार कार्की र मनोज कुमार शर्माको इजलासले यस्तो आदेश गरेको हो ।

“विदेशमा खान बस्न र स्वास्थ्य उपचारको अभाव झेलिरहेका वा विपत्मा परेका नेपाली नागरिकको पहिचान गरी नेपाल फर्कन इच्छुकलाई सम्बन्धित मुलुकसँग कूटनीतिक माध्यमबाट समन्वय गरी नेपाल ल्याउने आवश्यक व्यवस्था गर्नु गराउनु ।” आदेशमा भनिएको छ । ‘उक्त कार्य तत्काल सम्भव नभए उनीहरूलाई जहाँ छन् । त्यहीँ खान बस्न र उपचारको यथोचित प्रबन्ध गरी नागरिकको हकहितको रक्षा गर्न आवश्यक पहल गर्नु ।’

भारतको सीमामा रहेका नेपाली नागरिकलाई पनि मुलुकमा ल्याउन नसके उतै व्यवस्था गर्न सर्वोच्चले भनेको छ । नेपाल सरकारले दार्चुलापारी धार्चुला लगायतका सीमामा भएका नेपालीलाई भारतीय सरकारसँग समन्वय गरेर एउटा शिविरमा एकै ठाउँमा राखेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP