Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

कपिलवस्तुमा छैन प्रहरीलाई मास्क र पञ्जा

कपिलवस्तु – कपिलवस्तुमा जनताको सुरक्षाका लागि अहोरात्र परिचालित प्रहरीहरु आधारभूत स्वास्थ्य सुरक्षा सामग्री अभावमा समस्यामा छन् ।

लकडाउनका समयमा सिमानाको सुरक्षामा खटिनेदेखि चोक–चोक र बस्तीमा समेत प्रहरी पठाएर कडाइ गरिए पनि तिनले आवश्यक मात्रामा सुरक्षाका सामग्री पाउन सकेका छैनन् । अधिकांश प्रहरीको हातमा पञ्जा छैन भने कतिपयले  मास्क (मुखावरण) समेत पाएका छैनन् । 

अहिले प्रहरी र स्वास्थ्यकर्मी नै कोरोना भाइरसविरुद्ध सबैभन्दा बढी खटिएका छन् । जनतालाई सुरक्षा दिने सुरक्षाकर्मीमा अत्यावश्यक स्वास्थ्य सुरक्षा सामग्रीको अभाव खड्किएको छ । कपिलवस्तु प्रहरीले आफ्नै स्रोतबाट स्वास्थ्य सामग्री जुटाइ सुरक्षा प्रबन्ध मिलाउँदै आएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक (एसपी) दीपशम्शेर जबरा बताउनुहुन्छ ।

कपिलवस्तुमा झण्डै आठ सय सुरक्षाकर्मीमध्ये आधा सुरक्षाकर्मी क्वरेण्टीनकाे सुरक्षामा खटिएका छन् । प्रहरी उपरीक्षक जबराले भन्नुभयो, ‘सङ्क्रमणको चिन्ता हामीलाई पनि छ तर असुरक्षित भए पनि निर्देशन अनुसार खट्नुपरेको छ ।’  

कपिलवस्तुमा जस्तै समस्या रुपन्देही जिल्लामा पनि देखिएको छ । रुपन्देहीमा प्रहरीका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री नहुँदा काममा समस्या भएको छ । सामग्रीको पर्खाइमा रहेको बताउँदै केही सामग्री आफ्नै स्रोत साधनले व्यवस्थापन गरिएको रुपन्देहीका एसपी हेमकुमार थापाले जानकारी दिनुभयो । समयमै कतैबाट सुरक्षा सामग्री उपलब्ध भए निर्धक्कका साथ सुरक्षाकर्मीले आफ्नो कर्तव्य निर्वाह गर्न सक्ने दृढता उहाँले व्यक्त गर्नुभयो । 

उहाँका अनुसार ६० किलोमिटर रुपन्देहीको सीमालाई बन्द गरिएको छ । रुपन्देहीका सीमा नाका भारतीय गाउँमा केही सङ्क्रमित भेटिएसँंगै सुरक्षालाई थप कडाइका साथ अघि बढाइएको उहाँले बताउनुभयो । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP