काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले संकटको घडीमा कालोबजारी गरेको भेटिएमा तत्काल कारबाही गर्ने बताउनुभएको छ।
बुधबार मन्त्रालयको टोलीले राजधानीका विभिन्न खाद्यान्न पसलमा गरेको अनुगमनका क्रममा मन्त्री भट्टले व्यापारीहरुलाई मुनाफामात्रै हेरेर काम नगर्न भन्दै कालोबजारी गरेको भेटिएमा तत्कालै कारबाही गर्ने बताउनभुएको हो।
मन्त्रालयको अनुगमनका क्रममा खाद्यान्न व्यवसायीले भारतबाट आयात हुने खाद्यान्न नियमित आयात भइरहेको भन्दै चामल, दाल, गेडागुडीलगायतका खाद्यान्नको अभाव नहुने बताउनुभएको थियो।
नेपाल खाद्य किराना संघले ट्रकचालक तथा लोडर (लेबर)हरूको आवत–जावतका लागि पास व्यवस्थाबाहेक कुनै समस्या नरहेको बताएको हो ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया