काठमाडौं । पूर्व प्रधानमन्त्री तथा समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले राज्य र नागरिकबीचको सहकार्यले मात्रै कोरोना भाइरस (कोभिड १९)को महामारीलाई परास्त गर्न सक्ने बताउनुभएको छ ।
बिहीबार समाजिक सञ्जाल फेसबुमार्फत भिडियो सन्देश जारी गर्दै भट्टराईले यो महामारीलाई राज्य र नागरिकबीचको सहकार्यले मात्रै परास्त गर्न सक्ने र मुख्य दायित्व राज्यले लिनुपर्नेमा जोड दिनुभयो।
उहाँले तीन तहका सरकारबीच तालमेल मिलाउने र स्थानीय तहमा सर्वपक्षीय संयत्र निर्माण गरेर सहकार्य गरेर यसलाई परास्त गर्नुपर्ने बताउनुभएको छ।
भट्टराईले लकडाउनका समयमा विभिन्न तनाव हुने, विभिन्न आशंका उब्जिने अवस्था आउने भन्दै चिन्ता नलिइ चिन्तन गर्न सबैमा आग्रह पनि गर्नुभएको छ।
उहाँले नेपाल प्राकृतिक हिसाबले सुन्दर रहेको र संस्कृतिक हिसाबले पारिवारिक जमघटमा रमाउने बानी रहेको बताउँदै आफ्ना रुची अनुसार आफूलाई व्यस्त राख्न सुझाव दिनुभएको छ।
अध्यक्ष भट्टराईले विदेशबाट आएका नेपाली नागरिकहरुलाई दुई हप्ता क्वारेन्टिनमा बसेर मात्र परिवारसँग जोडिन आग्रह गर्नुभएको छ। त्यस्तै उहाँले विपन्न नागरिक, मजदूर, अशक्तलगायतलाई राहतको व्यवस्था गर्न समेत सरकारसँग माग गर्नुभएको छ। भिडियाे
https://www.youtube.com/watch?v=u7rmOf8IbBs
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया