हेटौंडा । बागमती प्रदेश सरकारले प्रदेशको राजधानी हेटौंडा र संघिय राजधानी काठमाडौं जोड्ने भीमफेदी –कुलेखानीको सडक खण्डलाई फराकिलो बनाईरहेको कार्य बिधी र प्रक्रिया विपरित रहेको पाइएको छ । देश लकडाउनको भुमरीमा परिरहेको समयमा यही मौका छोपेर प्रदेश सरकारले बिधी र प्रक्रिया मिचेर सडक निर्माण कार्य अगाडी बढाएको हो । लकडाउनमा सवारी साधनहरु नचल्ने अवस्थाको फाईदा उठाउदै मनलाग्दी तरिकाबाट सडक निर्माण भैरहेको छ ।
बिभिन्न ठेक्काको नाममा भष्ट्रचार मौलाई रहेको अवस्थामा हेटौडा भिमफेदी कुलेखानी सडक स्तर उन्नतीको ३२ करोडमा बागमती प्रदेश सरकारको भौतिक पुर्वाधार मन्त्रालयले दुई खण्ड गरेर ठेक्का अव्हान गरेको र उक्त ठेक्का विधी र प्रक्रिया पुरा नगरी मोतिदान जे भी लाई ठेक्का स्वीकृत गरेको हो । ३२ करोड बजेट लागतमा गत महिना देखि मोतीदान जे भीले काम सुरु गरेको थियो ।
सडक फराकिलो बनाउने काम मा ३२ करोडमा ठेक्का पाएको मोतीदान जे भी ले सडक बढाउने नाममा वननै विनास गरेको भन्ने गुनासो आए संगै वन कार्यालयले निगरानी सहितको अनुगमन गरेको थियो सोही क्रममा वन विनास भएको पाहिए पछी डिभिजन वन कार्यालय मकवानपुरले तत्काल कार्य रोक्न अनुरोध गरेको थियो ।
डिभिजन वन कार्यालय मकवानपुरले निगरानि बढाएको ले काम गर्न असहज भएको भन्दै बागमती प्रदेशका भौतीक पुर्वधार मन्त्री रामेश्वर फुयालले मुख्यमन्त्री डोरमणी पौडेल सित सहजीकरण को लागी आग्रह गरे संगै मुख्यमन्त्री पौडेलले सरोकार वालालाई बैठक बोलाई वोट विरुवामा असर नपर्ने गरी कार्य अगाडी बढाउन निर्देशन दिएका थिए ।
मुख्यमन्त्री पौडेलको निर्देशनलाई अटेर गर्दै निर्माण कम्पनी मोतीदान जे भी ले मनलाग्दी डङ्गले वोट विरुवा उत्खनन् तथा असर गर्ने गरी काम सुरु गरेको थियो । पटक पटक निर्माण कम्पनीलाई वनक्षेत्र को उत्खनन् तथा असर नगर्न मातहतका डिभिजन वन कार्यालयका कर्मचारीले अनुरोध गर्दा निर्माण कम्पनीले वन कर्मचारी माथी समेत आक्रमणको प्रयास समेत गरेका थिए ।
विकासको नाममा विनास हुने भए पनी नेपालको विद्यमान कानुन को पालना गरी विकास निर्माणको काम बढाउनु पर्ने उल्लेख हुँदाहुदै पनी बागमती प्रदेशको भौतीक निर्माण मन्त्रालयले कानुनलाई अवज्ञा गरी कार्य गरेको हो ।
हेटौडा भिमफेदी कुलेखानी सडक निर्माण कार्य बिधी र प्रक्रिया पुरा नगरी काम गरेको र वन क्षेत्रको विनास गरेको भन्दै डिभिजन वन कार्यालय मकवानपुर र डिभिजन वन कार्यालय राप्ती का दुबै जना डि एफ ओ ले उक्त काममा रोक लगाएका छन । आइइई स्वीकृत नगराई कुनै पनी ठेक्का सम्झौता नहुने र काम अगाडी बढाउन नपाइने खरिद नियमावलीमा उल्लेख छ ।
वन क्षेत्र प्राप्तीको कुनै पनी कार्य र प्रक्रियानै अगाडी नबढाई लकडाउनको मौका छोपी कयौँ रुखहरु तहस नहस गर्ने कार्य गरेको खुलेको छ । वातावरण संरक्षण ऐन २०७६ को दफा ८ तथा वन ऐन २०७६ को दफा ४९ (ग) को समेत वर्खिलाप गरि वन ऐन कसुरजन्य कार्य गरिएको देखिन आएकाले तत्काल ठेक्का सम्झौता रद्ध गरी बिधी र प्रक्रिया अनुरुप कार्य गर्नु पर्ने देखिएको छ ।
३२ करोड को ठेक्का त्यो पनी बिधी र प्रक्रिया मिचेर गरिएको भन्दै सर्वत्र चासो बढेको छ । सडक निर्माण कार्य रोक्नु भयो नी भनेर डिभिजन वन कार्यालय मकवानपुरका डि एफ ओ इमनाथ पौडेल सित प्रतिक्रिया लिदा उनले भने,‘हामी कानुन प्रक्रिया र विधीलाई टेकेर काम गर्छौ भिमफेदी कुलेखानी सडक को काममा पटक पटक हामीले विधी र प्रक्रिया पुरा गरी काम गरौ भनेर सुझाब दिदा समेत अटेर गरी वन क्षेत्रको हानी नोक्सानी गर्ने कार्य तिव्र रुपमा अगाडी बढेको छ’ ।
हाम्रा कर्मचारी माथी आक्रमणको प्रयास समेत भएका कारण हामीले स्थलगत अनुगमन गर्दा गैर्ह कानुनी प्रक्रियाले कार्य अगाडी बढाएको पाहिएपछि तत्काल वन क्षेत्रको हानी नोक्सानी हुने कार्य नगर्न अनुरोध गर्दै काम रोकेको र अवस्यक मापदण्ण पुरा गरी वन ऐन तथा वातवरण ऐन अनुसार बिधी र प्रक्रिया पुरा गरी काम थाल्न समेत अनुरोध गरेको उनले बताए ।
यता भौतीक निर्माण मन्त्री रामेश्वर फुयाल सित प्रतिक्रिया लिदा तत्काल सडक निर्माण कार्य रोकिएको र छिट्टै सहमती गरेर कार्य अगाडी बढाईने प्रतिक्रिया दिनु भयो । उनले भने आवस्यक आइ इ ई को प्रक्रिया अगाडी बढी सकेको र छिट्टै बिधी र प्रक्रिया अनुरुपनै कार्य गर्नै बताए ।
बिधी र प्रक्रियानै नपुगी उक्त ३२ करोडको ठेक्का सम्झौता कुन बिधी र प्रक्रिया अनुरुप मोतीदान जे भी लाई दिईयो ? आइइई नै नबनेको ठेक्का कसरी सम्झौता भयो भनेर जनताको चासोको विषय बनेको र तत्काल उक्त ठेक्का रद्ध गरी नेपालको प्रचलित कानुन र मापदन्ण पुरा गरी मात्र ठेक्का दिन र सम्झौता गर्न नागरीकले माग गरेका छन ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया