Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

कोरोना संक्रमित अंशुलाई टेलिफोन गरेर मुख्यमन्त्रीले भने– नआत्तिनु होला, केही हुन्न (भिडिओसहित)

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएपछि धौलागिरी अस्पतालमा उपचार गराइरहेकी १९ वर्षीय युवती अंशु सापकोटासँग गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले टेलिफोन संवाद गर्नुभएको छ। मुख्यमन्त्री गुरुङले अस्पतालमा रहेकी अंशुलाई टेलिफोन गरेर स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै मनोबल बढाउन सुझाउनुभएको छ।

मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम न्यौपानेले मुख्यमन्त्री र अंशुबीच भएको कुराकानी सामाजिक संजाल फेसबुकमा पोष्ट गर्नुभएको छ।
मुख्यमन्त्री गुरुङले संवादका क्रममा आफूले अउपचारमा संलग्न अस्पतालका चिकित्सकहरुलाई उपचारमा ध्यान दिन सुझाव दिँदै आएको बताउनुभएको छ।

मुख्यमन्त्री गुरुङले अंशुसँगको कुराकानीमा भन्नुभएको छ, ‘मन दह्रो पार्नु केही पनि हुँदैन । नियमित तातोपानी सेवन गर्नुहोला। म नियमित रूपमा चिकित्सकसँग कुरा गरिरहेको छु, चिकित्सकले राम्रो प्रगति भइरहेको मलाई भनेका छन्, ढुक्क हुनुस्।’

जवाफमा अंशुले आफूले तातोपानी सेवन गरिरहेको र चिकित्सकले फोनमार्फत आफूसँग सम्वाद गरिरहेको बताएकी छन् । बेल्जियमबाट कतार हुँदै काठमाडौं आइ बाग्लुङ पुगेकी अंशुमा कोरोना संक्रमण देखिएको थियो । https://www.youtube.com/watch?v=RGWEDU-a-OY

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP