Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

राष्ट्र बैंकले आज ३० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र निष्काशन गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज ३० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र निष्काशन गर्ने भएको छ । केन्द्रीय बैंकले बोलकबोलमार्फत विकास ऋणपत्र २०८१ ‘घ’ बिक्री गर्न लागेको हो ।

५ वर्ष अवधि रहेको उक्त ऋणपत्र खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बिमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले बोलकबोल पेस गर्न सकिने नेपाल राष्ट्र बैंक राष्ट्र ऋण व्यवस्थापन विभागले जनाएको छ ।

विकास ऋणपत्र २०८१ ‘घ’ दिइएको उक्र ऋणपत्रको सावा भुक्तानी २०८१ चैत २८ भित्र हुनेछ । ऋणपत्रको ब्याजदर बोलकबोल बाट निर्धारण हुने राष्ट्र बैंकले जनाएको छ ।

उक्त ऋणपत्र बैंकमा धितो राखेर कर्जा निकाल्ने सकिने राष्ट्र बैंकले उल्लेख गरेको छ । प्रत्येक ६ महिनामा ब्याज भुक्तानी हुने र उक्त ब्याजमा ब्याज कर नलाग्ने राष्ट्र बैंकले जनाएको छ ।

आज दिउँसो ३ बजेसम्म उक्त ऋणपत्रमा आवेदन दिन सकिनेछ भने भोलि उक्त ऋणपत्र निष्काशन हुने राष्ट्र बैंकले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP