Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

जिपी फाउन्डेशनका अध्यक्ष कोइरालाको आग्रहः अष्ट्रेलियामा रहेका नेपालीहरुलाई सहयोग गरौं

काठमाडौं । गिरिजाप्रसाद कोइराला फाउण्डेशनकी केन्द्रिय अध्यक्ष सुजाता कोइरालाले अष्ट्रेलियामा रहेका नेपालीहरुको बस्तुस्थिति बुझी सहयोग गर्न अष्ट्रेलियास्थित फाउण्डेशनको शाखालाई निर्देशन दिनुभएको छ।

अष्ट्रेलिया सरकारले कडाई गरेपछि हजारौं नेपाली विद्यार्थीको बिचल्ली भइरहेको खबर आइरहेको बेला पूर्व परराष्ट् मन्त्री समेत रहनुभएका नेतृ कोइरालाले यस्तो निर्देशन दिनुभएको हो।

फाउण्डेशनको सचिवालयले विहीबार एक प्रेस नोट जारी गरी कोइरालाले जिपी फाउण्डेशन अष्ट्रेलियाका अध्यक्ष नील थपलिया र ओसियानाका अध्यक्ष रमेश छत्कुलीलाई टेलिफोन गरी कोरोना भाइरस फैलिरहेकाले आपतविपत् परेका नेपालीहरुलाई फाउण्डेशनका तर्फबाट सक्दो सहयोग गर्न भन्नु भएको जानकारी गराएको छ ।

‘कोरोना फैलिरहेको छ, त्यहाँ नेपालीहरु धेरै छन, कोरोनाकै कारण कसैलाई समस्या र्पयो भने जिपी कोइराला फाउण्डेशनको तर्फबाट सहयोग गर्नुहोला’ अध्यक्ष कोइरलाले फाउण्डेसनको सहयोगले नेपालीहरु कोही समस्यामा नपर्ने विश्वाससहित शाखालाई निर्देशन दिएको प्रेस नोटमा उल्लेख छ ।

फाउण्डेशन अष्ट्रेलियाका अध्यक्ष थपलियाले अष्ट्रेलियामा रहेका नेपालीहरुलाई सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएको फाउण्डेशनले जनाएको छ । फाउण्डेशन ओशियानाका अध्यक्ष छत्कुलीले पनि समस्यामा परेका नेपालीलाई सहयोग गर्ने पहल भइरहेको जानकारी गराउनुभयो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP