काठमाडौं । भारतमा कोरोना संक्रमितको उपचारमा संलग्न डाक्टरको मृत्यु भएको छ। मध्य प्रदेशको इन्दौरमा विहीवार कोरोना संक्रमणको चपेटमा आए एक डाक्टरको आज निधन भएको हो। डाक्टरको मृत्युपछि पूरै प्रदेश तरंगित भएको छ।
मध्यप्रदेश राज्यमा ३८१ जना संक्रमित भेटिँदा इन्दौरमा मात्रै अहिलेसम्म २१३ जना कोरोना संक्रमित भेटिएका छन्। मध्य प्रदेशको इन्दौर शहर पछिल्लो समय कोरोनाको एपीसेन्टर बन्दै गएको छ। संक्रमित २१३ मध्ये हालसम्म त्यहाँ २२ जनाले ज्यान गुमाइसकेका छन्।
बिहीबार कोरोनाको चपेटमा परेका डाक्टरको निधन भएपछि प्रदेश शोकमय भएको छ। स्वास्थ्य विभागका सीएमएचओ डा. प्रवीण जडियाका अनुसार डा. शत्रुघ्न पञ्जवानीमा केही दिनअघि मात्रै कोरोना पोजेटिभ देखिएको थियो।
उनको उपचार सुरुमा गोकुलदासमा र त्यसपछि सीएचएलमा भइरहेको थियो। उनलाई त्यहाँबाट पनि अरविन्दोन्मा लगिएको थियो । तर उनको बिहीबार बिहानै ज्यान गएको हो। -एजेन्सी
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया