दिपक के.सी.
कपिलवस्तु
कृष्णनगर नगरपालिकाले नगरका अति विपन्न तथा गरिब ४ हजार घर परिवारलाई राहत वितरण गरेको छ । नगरमा रहेका दैनिक ज्यालामजदुरी गरी जिवीकोपार्जन गर्ने परिवारलाई नगरले राहत वितरण गरेको हो ।
विश्वमा महामारीको रुपमा फैलिएको कोभिड १९ कोरोना भाइरसको कारण देश नै लकडाउनामा रहेकोले अतिविपन्न परिवार र ज्यालादारी गरी छाक टार्नेलाई समस्या रहेको हुदाँ ति परिवारको डाटा संकलन गरि राहत वितरण गरिएको नगर प्रमुख रजत प्रताप शाहले बताउनु भयो ।
नगरमा रहेका ४ हजार विपन्न परिवारलाई सरकारले तोके अनुसारको राहत सामाग्री वितरण गरिएको नगर प्रमुख शाहले बताउनु भयो । नगरका प्रत्येक वडाले संकलन गरेको अतिविपन्न तथा गरिव परिवारको लागत अनुसार प्रत्येक वडामा राहत सामाग्री पठाई राहत वितरण गरिएको प्रमुख शाहले बताउनु भयो ।
नगरले वितरण गर्ने राहत प्याकेजमा प्रति परिवार सरकारले तोके अनुसार ३० केजि चामल, ३ केजि दाल, २ केजि, चिनि, २ पोका नुन, २ लिटर खाने तेल, र ३ पिस साबुन रहेको प्रमुख शाहले बताउनु भयो । वितरण गरिएको राहत प्याकेजले नगरमा कोहि पनि महामारीको बेला भोकै बस्नुपर्ने अवस्था नआउने उहाँले बताउनु भयो । यस्तै नगरले विपत व्यवस्थापन कोषमा ७२ लाख रकम राखेको पनि प्रमुख शाहले बताउनु भयो ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया