Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

प्रधानमन्त्रीको संवोधन र आर्थिक पारदर्शीतामा उठ्यो प्रश्न, प्रतिपक्ष सशंकित विज्ञ भन्छन- जनविश्वास नगुमाउ

काठमाडौं । कोरोना रोकथामका लागि अत्यावस्यक सामाग्री खरिदमा भइरहेको चलखेल र यसमा संलग्नहरुको बचाउ गर्न प्रधानमन्त्री ओली आफै उभिएपछि सरकारका काम कारवाहीहरु आलोच्य बन्न थालेका छन् ।

कोरोना विरुद्धको अभियानमा राज्य एकमत भएका बेला प्रधानमन्त्रीको संबोधनलाई धेरैले रुचाएका छैनन् । सरकारले गरेका महत्वपूर्ण निर्णयहरु नै सरकारी निकायहरुबीच आपसमा बाझिएका बेला विवादास्पद ओम्नी कम्पनीलाई २० करोड निकासा दिएको विषयले प्रधानमन्त्रीकै भनाइलाई विवादमा तानेको छ ।

कोरोना रोकथामका लागि आवश्य औषधी र चिकित्सकीय सामाग्री खरिको प्रक्रिया पनि अझै सुरु भएको छैन । सेनाले कति गरिद गर्ने र मन्त्रालयले कति खरिद गर्ने भन्ने निर्णय नहुँदा प्रदेशमा भएको तयारी पनि अलपत्र परेको छ । लकडाउनका समयमा विपन्न वर्गका लागि दिने भनिएको राहत समेत लक्षित वर्गमा नपुगेकाले यस्तो समयमा सरकार जिम्मेवार ढंगले प्रस्तुत हुन नसेको विज्ञहरु बताउँछन् । सरकार आफैले अविश्वासिला काम गरेकाले यो सरकार प्रति जनविश्वास घटेको उनिहरुको भनाई छ । पूर्वप्रशासक डा. विमल कोइराला ।

उपत्यकामा रहेका विपन्न बर्गलाई दुइदिन घर फर्कन दिने भनी सरकारले आजै गरेको निर्णय विवादमा परेको छ । मन्त्री र सांसदहरुलाई छाडेर प्रहरी र कर्मचारीको तलव कोटौती गर्ने विषयले सुरक्षा निकायमा मात्र हैन कर्मचारी बर्गले समेत सरकारलाई असहयोग गर्ने स्थिति सिर्जना गरेको विज्ञहरु बताउँछन् ।

कोरोनाको सम्भावित खतरा आज भन्दा भोली बढ्दै जाने र त्यसको रोकथामका लागि आर्थिक भार बढ्ने देखिए पनि त्यसका लागि सरकारले उचित कोषको व्यवस्था गर्न नसकेको आलोचनाले सामाजिक सञ्जालहरु भरिएका छन् । धेरै अर्थविद्हरुले त सांसद कोषको रकम फिर्ता गर्न र जनप्रतिनिधिहरुको सुविधा कटौती गर्न सरकारले ढिलाई गरिहेको बताएका छन् ।

लकडाउनको समय लम्बिने निश्चित हुँदा आपूर्तिको सहज व्यवस्थामा पनि सरकार चुकेको छ । कृषि अनुदान घोषणा नहुँदा र कस्ले कति पाउने हो भन्ने एकिन नहुँदा विभिन्न व्यवसायमा लागेकाहरुले पनि प्रश्न उठाउन थालेको छन ।

कोरोना संक्रमणको जोखिम बढ्ने संकेत देखिइरहेका बेला समेत आवस्यक औषधी खरिददेखि प्रधानमन्त्रीका क्रियाकलापलाई लिएर प्रतिपक्षी कांग्रेसले पनि सरकारप्रति संका उत्पन्न हुन थालेको जनाएको छ । भ्रष्टाचार जन्य विषय अहिलेनै नसकिने भएकाले भोली नयाँ सरकारले पनि कारवाही गर्न सक्ने भएकाले आज कोरोना विरुद्धको अभियानलाई सफल बनाउनुपर्ने कांग्रेसको धारणा छ ।

नेकपा सचिवालयको बैठकमै औषधी खरिदमा भएको अनियमितता, डेकेदार कम्पनीमाथि उठेका प्रश्न र सरकारको आगामी तयारीबारे स्पस्ट जवाफ नदिएको भन्दै प्रधानमन्त्रीप्रति स्वयम सत्तारुढ नेकपा नै असन्तुष्ट देखिएको छ । आम सञ्चारमाध्यामले उठाएका र जनताबाट सामाजिक सञ्जालमा आएका असन्तुष्टिलाई सम्बोधन गर्न सरकारलाई निर्देशन दिएको नेकपा नेताहरुको भनाई छ

यस्तो संकटका बेलामा बदमासी गर्नेहरूलाई राज्यले कारवाही गरोस भन्ने जनताको चाहना हो । तर, प्रधानमन्त्री स्वयम यस्तो अनियमितता र बदमासीको बचाउमा लाग्दा जनता खुसी छैनन् । यस्तो बेला सरकारले जनविश्वास गुमाउने काम रोक्नुपर्छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP