Trending
flash भारतबाट अवैध रूपमा ल्याइएका १ हजार ५ सय चल्ला बरामद flash नागरिक यात्रुको गुनासो र समस्या तत्काल सम्बोधन गर्न यात्रु सहायता कक्ष स्थापना flash राकेश यादवले दिए कांग्रेसको केन्द्रीय सदस्य पदमा उम्मेदवारी flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ

कर्मचारीका लागि रासन कर्डकाे व्यवस्था गर्न सङ्गठनको माग

काठमाडौं ।

नेपाल निजामती कर्मचारी सङ्गठनले कर्मचारी रासन कार्डको व्यवस्था गर्न माग गरेका छन् । कर्मचारीलाई आवश्यक पर्ने न्यूनतम क्यालोरी तोकी वहालवाला र सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीका परिवारका लागि ‘निजामती कर्मचारी रासन कार्ड’ को व्यवस्था गर्न सरकारसँग आग्रह गरेका हुन् ।

संगठनले सेवाप्रति उत्तरदायी बन्दै जनताको सेवाप्रवाहलाई उच्च प्राथमिकतामा राखी कार्यक्षेत्रमा खटिन र सदाचारको व्यवहार गर्न, भ्रष्टाचारजन्य कार्यलाई निरुत्साहित पार्ने काममा लाग्न सबैलाई आह्वान गर्ने निर्णयसमेत गरिएको छ ।

बढ्दो जनसङ्ख्या, शहरीकरण, बसाइँसराइ, भौगोलिक विविधता, नागरिक अपेक्षा एवं अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप सङ्घ, प्रदेश र स्थानीय तहको दरवबन्दी पुनरावलोकन गर्न सरकारसँग माग गर्ने सङ्गठनका महासचिव रेवन्त गौतमले जानकारी दिए ।

योग्यता पूगेका श्रेणीविहीन कर्मचारीलाई एक तह बढुवाको सुविधा प्रदान गर्न माग गर्ने, राष्ट्रसेवकको लगानीमा सञ्चालन हुने ‘राष्ट्रसेवक हाईड्रो’को विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरी तत्काल निर्माण कार्य शुरु गर्न सरकारसँग माग गर्ने निर्णय बैठकले गरेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP