Trending
flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु अन्तर्राष्ट्रिय इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु अन्तर्राष्ट्रिय फिलिपिन्समा गोली हानाहान, दश जनाको मृत्यु खेल टी-२० आई शृंखला खेल्ने नेपाली टोलीको घोषणा समाज लगातार दुई दिन बिदा हुँदा आन्तरिक पर्यटक बढ्ने व्यवसायीको अपेक्षा समाज कर्णाली नदीमा डुङ्गा पल्टिँदा दुई जना बेपत्ता

फिल्म ‘राधा’को ‘पाउमा पाउजु’ सार्वजनिक

काठमाडाैं : नेपाली चलचित्र राधाको तीज विशेष गीत रिलिज भएको छ। सोमवार काठमाडौंमा एक कार्यक्रमबीच ‘पाउमा पाउजु’ बोलको गीत सार्वजनिक भएको हो।

नायिका प्रियंका कार्की र श्रृष्टी श्रेष्ठको नृत्य रहेको गीत पशुपति वृद्धाश्रम परिसरका क्षेत्रमा छायांकन गरिएको थियो। गीतमा सज्जा चौलागाईं र स्वस्तिका ढकालको स्वर रहेको छ भने संगीत गायक कालीप्रसाद बाँस्कोटाले भरेका छन्।

सिर्जना खत्रीको शब्द रहेको गीतको भिडियो कविराज गहतराजले नृत्य निर्देशन गरेका हुन्। कार्यक्रममा बोल्दै निर्देशक एवं नायक खगेन्द्र लामिछानेले फिल्मको ट्रेलरको प्रतीक्षामा रहेको प्रतिक्रिया दिए।

उनले फिल्म निर्माणकर्ताको रुपमा प्रवेश गरेका नायक सौगात मल्ललाई शुभकामना दिए। त्यस्तै गायक कालीप्रसाद बाँस्कोटाले तीजको गीतमा काम गर्न गाह्रो भएपनि काम सकिएपछि खुशी लागेको बताए।

त्यस्तै गायिका सिर्जना खत्रीले आफ्नो गीत आफैँले लेख्ने गरेको भएपनि फिल्ममा अरुको लागि गीत लेख्न दिएकोप्रति खुशी लागेको बताइन्।

नायिका प्रियंका कार्कीले चलचित्र क्षेत्रमा कम ब्याक गर्नको लागि यो फिल्मले भूमिका दिएकोमा खुशी व्यक्त गरिन्। त्यस्तै नायक सौगात मल्लले गीत हेरेर राम्रो लागेको बताए। उनले फिल्ममा सोचेको भन्दा राम्रो गीत पाएको बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP