Trending
flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु अन्तर्राष्ट्रिय इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु अन्तर्राष्ट्रिय फिलिपिन्समा गोली हानाहान, दश जनाको मृत्यु खेल टी-२० आई शृंखला खेल्ने नेपाली टोलीको घोषणा समाज लगातार दुई दिन बिदा हुँदा आन्तरिक पर्यटक बढ्ने व्यवसायीको अपेक्षा समाज कर्णाली नदीमा डुङ्गा पल्टिँदा दुई जना बेपत्ता

विपिनलाई भ्याइ नभ्याइ, हातमा बलिउड फिल्म ‘एनिमल’देखि ‘चङ्गा चेट २’ सम्म

काठमाडौं : अभिनेता विपिन कार्की नयाँ फिल्म ‘चङ्गा चेट २’ मा अनुबन्धित भएका छन्। दिपेन्द्र के खनालको निर्देशनमा बन्ने फिल्ममा विपिन अनुबन्धित भएका हुन्। 

भर्खरै दिपेन्द्रकै निर्देशनमा रहेको ‘के घर के डेरा’को छायांकन सकेका विपिनको व्यस्तता अब केही महिना बढ्ने देखिएको छ। यतिवेला पटकथाको काम भइरहेको ‘चङ्गा चेट २’ तिहारपछि छायांकनमा जाने बताइएको छ। त्यसअघि विपिनले आफ्नो पहिलो बलिउड फिल्म ‘एनिमल’को छायांकन सक्नेछन्। 

भर्खरै घोषणा भएको रामबाबु गुरुङ निर्देशित फिल्म ‘फूलबारी’ पनि छायांकनमा जाने तयारीमा छ। योबाहेक उनी अनुबन्धित भएको ‘प्रसाद २’ को पनि छायांकन विभिन्न कारणले अन्योलमा छ। 

‘चङ्गा चेट २’ दिपेन्द्र र विपिनको तेस्रो सहकार्य हुनेछ। यसअघि भर्खरै ‘के घर के डेरा’ र विपिनलाई चर्चामा ल्याएको ‘पशुपतिप्रसाद’मा दुईले सहकार्य गरेका थिए। सामाजिक कथामा आधारित रहने ‘चङ्गा चेट २’ कमेडी जनरामा बन्ने छ। जसमा अर्का अभिनेता अर्पण थापा अनुबन्धित भइसकेका छन्।

डिएस डिजिटलको ब्यानरमा बन्ने फिल्म ४ वर्षअघि बनेको कमेडी फिल्म ‘चङ्गा चेट’को सिक्वेल हो। यही समूहको निर्माणमा बनेर गत असारमा प्रदर्शनमा आएको ‘चिसो मान्छे’ले व्यावसायिक रुपमा राम्रो प्रदर्शन गर्न सकेको थिएन।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP