Trending
flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु अन्तर्राष्ट्रिय इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु अन्तर्राष्ट्रिय फिलिपिन्समा गोली हानाहान, दश जनाको मृत्यु खेल टी-२० आई शृंखला खेल्ने नेपाली टोलीको घोषणा समाज लगातार दुई दिन बिदा हुँदा आन्तरिक पर्यटक बढ्ने व्यवसायीको अपेक्षा समाज कर्णाली नदीमा डुङ्गा पल्टिँदा दुई जना बेपत्ता

‘प्रेम गीत ३’ को बजेट सुनेर भारतीय दर्शक छक्क

काठमाडौं : ‘प्रेम गीत ३’काे पोस्टरपछि भारत लक्षित अर्को प्रचार सामग्री सार्वजनिक भएको छ। शनिबार फिल्मको नेपाली र हिन्दी भाषा गरी दुई वटा टिजर सार्वजनिक गरिएको हो।

यसअघि मुम्बईमा एक औपचारिक कार्यक्रमको आयोजना गर्दै भारतका लागि पहिलो पोस्टर सार्वजनिक गरिएको थियो। भारतका विभिन्न सहरमा पोस्टर टाँस्दै प्रचार प्रसार थालेको फिल्मको चर्चा टिजर सार्वजनिक भएसँगै बढेको छ।

एक मिनेट लामो टिजरमा मुख्य कलाकार प्रदीप खड्का र कृस्टिना गुरुङसँगै सुनिल थापा, शिव श्रेष्ठ, मनिष राउतलगायतका कलाकार देखिएका छन्। जसमा चर्चित डबिङ कलाकार संकेत मात्रे, पूजा पन्जावी, मनोज पाण्डे, आयुषीलगायतले हिन्दी आवाज दिएका छन्।

भारतमा फिल्मका बारेमा सबैभन्दा चर्चाको बिषय बनेको छ यसको बजेट। ऐतिहासिक कथामा आधारित रहेर बनेको ‘प्रेम गीत ३’ को बजेट भारतीय दर्शकका लागि अपत्यारिलो बनेको छ।

ऐतिहासिक कथामा बन्ने भारतीय फिल्मको बजेट सामान्यतया सय करोडभन्दा माथिको हुने गर्छ। यस्तोमा ‘प्रेम गीत ३’ को बजेट ५ करोडभन्दा कम रहेको भन्दै भारतीय दर्शक अचम्ममा परेका हुुन्।

सार्वजनिक टिजरले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको छ। पहिलो पटक नेपाल भारत सहकार्यमा बनेको र भारतमा पनि सँगै प्रदर्शनमा आउन लागेका कारण नेपाली दर्शक पनि उत्साहित देखिएका छन्।​

स्वर्गीय छेतेन गुरुङ र सन्तोष सेनको संयुक्त निर्देशनमा बनेको फिल्म आगामी असोज ७ अर्थात सेप्टेम्बर २३ देखि प्रदर्शनमा आउँदैछ। अर्को हप्ता फिल्मको ट्रेलर सार्वजनिक गर्ने तयारीमा निर्माण टोली रहेको छ। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP