Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

मोष्टवाण्टेड अपराधीको तस्वीर गाउँपालिका कार्यालयमा

रामु पौडेल

कपिलवस्तु १२ भदौै

जिल्लाको दक्षिण पूर्व स्थित शुद्धोधन गाउँपालिकाको कार्यालय लबनी चोकमा छ । भाडामा लिएर कार्यालय संचालन गरिएको गाउँपालिका उपाध्यक्षको कार्यकक्षमा पहिलो पटक जाने जो कोहि पनि छक्क पर्छन् । कारण भित्तामा झुण्डाइएको एउटा अपराधीको तस्वीर । उपाध्यक्ष सुधादेवी पाण्डेयले आफ्नो कार्यकक्षमा श्रीमान प्रितम पाण्डेको तस्वीर झुण्ड्याएर राखेकी छिन् । त्यो पनि विभिन्न अपराधमा सजाय फैसला भई फरार भएका । विठुवाका पाण्डेलाई जिल्ला अदालतले ३ वटा मुद्धामा १५ बर्ष कैद तथा अन्य ४ वटा हत्या आरोप सहित दर्जनौ अपराधमा फरार देखाएको छ । प्रदेश सरकारले जनप्रतिनिधीको कार्यकक्षमा राष्ट्रपति तथा सम्बन्धित प्रदेशको मुख्यमन्त्रीको तस्वीर राख्ने पत्राचार गरेको छ । गाउँपालिका अध्यक्ष निसार अहमदको कार्यकक्षमा कसैको तस्वीर छैन तर उपाध्यक्ष पाण्डेले भने श्रीमानकै तस्वीर राख्दा कार्यालयमा जानेहरु आश्चर्यमा पर्ने गरेका छन् । केहि दिन अघि मात्र मायादेवी गाउँपालिका ३ का सन्तोष यादव शुद्धोधनको उपाध्यक्षको कार्यकक्षमा कामले जादाँ श्रीमानको तस्वीरले ध्यान तानेको बताउनुहुन्छ । “पहिलो पटक यस्तो देखे, यो फोटो गाउँपालिका क्षेत्रका जनतालाई तर्साउनका लागि उपाध्यक्षले लगाएको हुनुपर्छ” उहाले भन्नुभयो। केहि दिन अघि समाचार संकलनका लागि गएका पत्रकार राजेश चौधरीले पनि उपाध्यक्षको कार्यकक्षमा श्रीमानको तस्वीर देखेर अचम्ममा परेका थिए । २०४८ साल देखि फरार रहदै आएका अपराधी श्रीमानको तस्वीर राखेर उपाध्यक्षले के सन्देश दिन खोजेको हो रु पत्रकार चौधरीले आश्चर्य हुदै भन्नुभयो ।

प्रितम पाण्डेलाई श्रीमती सुधादेवीकै दबाबमा गाउँपालिका सल्लाहकार बनाइएको छ । विभिन्न अपराधमा फरार अभियुक्तलाई सल्लाहकार बनाइनु र अझ कार्यालयमै तस्वीर झुण्डाइएको विषय गाउँपालिकाका अन्य वडा अध्यक्ष तथा कर्मचारीहरुलाई समेत चित्त बुझेको छैन । तत्कालिन सहायक प्रजिअ रामेश्वर अर्यालले उपाध्यक्ष सुधादेवीलाई तत्काल श्रीमानको तस्वीर हटाउन निर्देशन समेत दिएका थिए तर उहाले मान्नुभएन एक कर्मचारीले भने । प्रितमको डरले गाउँपालिका अध्यक्ष निसार खाँन समेत केहि बोल्दैनन् । खाँनले पाण्डे गाउँपालिकाका सल्लाहकार भएको स्वीकार्नुभयो । “सबैको माग बमोजिम सल्लाहकार बनाइएको हो, मेरो एकल निर्णय होइन” उहाले भन्नुभयो । उपाध्यक्षको कार्यकक्षमा तस्वीर राखेको कुरा सत्य हो त्यसलाई हटाउन आग्रह गरेको निसारको भनाई छ । यता गाउँपालिका उपाध्यक्ष सुधादेवी पाण्डेले आफ्नो श्रीमान मात्र नभई गाउँपालिका सल्लाहकार भएकै हैसियतमा तस्वीर झुण्डाइएको बताउनुभयो । स्थानीय सरकारले स्थानीय नेताहरुकै तस्वीर राख्छ, किन राष्ट्रपति र मुख्यमन्त्रीको राख्ने उहाले प्रतिप्रश्न गर्नुभयो । यस्ता सामान्य विषयलाई समाचारमा ल्याउन नहुने भन्दै समाचार नलेख्न आग्रह गर्नुभयो । गाउँपालिका उपाध्यक्षले अपराधी श्रीमान प्रितम पाण्डेकै आडमा अध्यक्ष भन्दा बढि सेवा सुविधा लिएको कर्मचारी श्रोतको दाबी छ । गाडी, भत्ता देखि लिएर योजनाहरुमा समेत बराबर भाग लाग्ने गरेको छ । “कतिपय अवस्थामा उहाले दोहोरो सुविधा लिनुहुन्छ” एक कर्मचारीले भने । देशलाई प्रजातन्त्र देखि गणतन्त्र सम्म ल्याउन जनयुद्ध, मधेश आन्दोलन देखि विभिन्न आन्दोलनमा शहिद भएकाहरुको तस्वीर राख्ने ठाउँमा अपराधी श्रीमानको तस्वीर राख्नुले उपाध्यक्षले अपराधको आडमा दम्भ देखाएको स्थानीय राजनितिक दलका नेताहरु बताउछन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP