Trending
flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु अन्तर्राष्ट्रिय इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु अन्तर्राष्ट्रिय फिलिपिन्समा गोली हानाहान, दश जनाको मृत्यु खेल टी-२० आई शृंखला खेल्ने नेपाली टोलीको घोषणा समाज लगातार दुई दिन बिदा हुँदा आन्तरिक पर्यटक बढ्ने व्यवसायीको अपेक्षा समाज कर्णाली नदीमा डुङ्गा पल्टिँदा दुई जना बेपत्ता

‘प्रधानमन्त्री लेवलको सीमा वार्ता पानी लिन पंधेरो गए जस्तो हैन’

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले नेपाल भारत सीमा विवादका विषयमा कुटनीतिक तहबाट अहिले पनि छलफल जारी रहेको बताउनुभएको छ । उहाँले सीमा समस्या छिमेकीसँगै हुने भएकाले अन्तिम सहमति नभए सम्म विवाद भइरहेने र त्यसको समाधानका लागि प्रयास पनि जारिनै रहने बताउनुभयो ।

नेपाली रेडियो नेटवर्कको नेपाली बहशमा कुरागर्दै प्रमुख राजनीतिक सल्लाहकार रिमालले यो सीमा विवादलाई ओली सरकार आएपछि मात्रै सुरु भएको र यसले तुरुन्तै हल गरिहाल्छ भन्ने हिसावले व्याख्या गर्न नहुने भन्दै सुगौली सन्धी पछिका सवै सरकारले सीमा विवाद मिलाउन प्रयास गर्दै आएकाले कुटनीतिक तहबाटै यसको समाधान आउने बताउनुभयो ।

उहाँले भारत सरकारले सडक बनाएको विषयमा नेपाल सरकार बेखर नरहेको र कुटनीतिक पहलको प्रयास भइरहेको अवस्थामा भारतले उद्घाटन गरेपनि पहल जारी रहेकाले कुटनीतिक रुपमै मिलाएर जानुपर्ने बताउनुभयो । सीमा जस्तो विषयमा पत्रपत्रिकाले पनि विचार पर्याउनुपर्ने भन्दै नेपाल भारतबीच सीमा सम्बन्धी विवाद रहेको कुरा सवैलाई जानकारी भएको कुरा नै भएको बताउनुभयो ।

उहाँले अहिले सचिव स्तरमा कुरा भइरहेको र यसपछि मन्त्रीस्तरीय हुने र आवस्यक परे प्रधानमन्त्री तहमा पनि कुरा हुने बताउनुभयो । भारतले आफ्नो भूभागमा बनाएको दावी गरिरहेको छ भने नेपालले हाम्रो भनिरहेको छ त्यसेले यो विवादको निदान भनेको कुटनितिक तहबाट मात्र हुने उहाँले बताउनुभयो ।

उहाँले यो भन्दा अगाडीका सरकारहरुले पनि सीमा विवाद मिलाउन पहल गरिरहेको तर, सीमाको विषय तक्कालै हुने कुरा नभएको बताउनुभयो । दुवै देशले प्रमाण राखेर टेवलमा बसेपछि सस्याको समधान हुने उहाँको भनाइछ । यो विषय केपी ओली सरकारको पालामा आएको नभई सुगौली सन्धीदेखि उठेको कुरा भएकाले नेपाल भारतबीच अब ठूला सीमा विवाद मात्र मिल्न बाँकि रहेको बताउनुभयो ।

उहाँले राष्ट्रिय एकता मिलाएर भारत सरकारसंग थप कुटनीतिक पहल बढाउने भन्दै काली भन्दा पारी भारत र वारीको नेपालको हो भन्ने कुरा दुवै देशलाई थाहा छ तर, केहि विषमा अन्तिम सहमति नभएकाले दुवै तर्फको दावी छ, नभए विवादनै नआउने दावी गर्नुभयो ।

कुटनीतिक कुरालाई सार्वजनिक रुपमा बोल्न नमिने र ईपीजीको प्रतिवेदनमाथि पनि छलफल नभएकाले धेरै कुराहरु अनयोल जस्तो देखिएको रिमालको भनाइछ । उहाँले भन्नुभयो,‘अहिलेको विवाद भनेको भारत संँगको हो चीनसंँग हैन । विवादीत सीमा पनि नेपाली नक्सामा समेटिन्छ । भारतीय प्रधानमन्त्री र नेपाका प्रधानमन्त्रीबीच कुरा भएरनै यो विवाद मिल्ने हो । तर, सीमाका विषयमा दुई देशका प्रधानमन्त्रीबीचको बार्ता पंधेरोमा पानी लिन गएजस्तो सजिलो छिटो हुँदैन । समय लाग्छ । आवस्यकता अनुासर राष्ट्रिय करण र अन्र्तराष्ट्रिय करण पनि हुन्छ’ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP