Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

पत्रकारलाई प्रचार प्रसारको माध्यम नबन्न सरोकारवालाको अनुरोध

रूपन्देही

निर्वाचनको रिपोर्टिङ गर्दा सबै भन्दा बढी संवेदनशील हुनुपर्ने सरोकारवालाले बताएका छन् । रुपन्देहीको तिलोत्तमामा शनिबार मिडिया एक्सन नेपालले आयोजना गरेको ‘फेयर मिडिया कभरेज अफ इलेक्सनन्स’ नामक एकदिने कार्यशालामा सरोकारवालाले उम्मेदवार तथा दलहरुले पत्रकालाई आफ्नो प्रचार प्रसारको माध्यम बनाउने सक्ने भएकाले अझ बढी संवेदनशील हुनुपर्ने बताएका हुन् । कार्यक्रममा मिडिया एक्सन नेपालका अध्यक्ष लक्ष्मणदत्त पन्तले निर्वाचनका बेला पत्रकारहरुले निष्पक्ष र स्वतन्त्र भएर रिपोर्टिङ गर्नुपर्ने बताए । निर्वाचनका बेला उम्मेदवार तथा राजनीतिक दलहरुले पत्रकाहरुलाई माध्यम बनाएर आफनो प्रचारप्रसार गर्नसक्ने सम्भावना हुने भएकाले यस्ता गतिविधिबाट बच्न अझ बढी चनाखो बन्नुपर्ने बताए । पत्रकारले दलको पक्ष विपक्ष लिने भन्दा पनि आफनो अधिकारलाई भोट हाल्नेमा सीमित राख्नुपर्ने उनको भनाई छ ।
कार्यशाला गोष्ठीमा अर्का प्रशिक्षक अन्नपूर्ण एक्सप्रेस साप्ताहिकका सम्पादक कमलदेव भट्टराईले पत्रकारले निर्वाचनका बेला उम्मेदवारका भनाई राख्दा व्यक्ति विशेष नभई सबैलाई स्थान दिनुपर्ने बताए । पत्रकारले अडकलबाजी गरेर कुनै एक उम्मेदवारको पक्षपोषण गर्नेगरी समाचार लेख्नु गलत भएको उनको भनाई छ ।
पत्रकार कल्पना आचार्यले निर्वाचनका बेला महिला उम्मेदवार, मतदाताको अपेक्षा, महिला सहभागिताको विषयलाई विशेष ध्यान दिनुपर्ने बताइन । निर्वाचनका बेला मतदान स्थल अपांगमैत्री भएरनभएको, गर्भवती, सुत्केरी, वृद्धवृद्धाहरुका लागि सहज भएरनभएको विषयमा पनि पत्रकारहरुले निगरानी राख्नु पर्ने उनको भनाई छ । कार्यक्रममा लुम्बिनी प्रदेशका विभिन्न ४ जिल्लाका २५ जना पत्रकारहले आ–आफनो क्षेत्रमा भोगेका समस्याहरु राखेका थिए । कार्यक्रममा रुपन्देही, कपिलवस्तु, नवलपरासी र पाल्पाका गरी ४ जिल्लाका २५ जना पत्रकारको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP