महोत्तरी । लागुऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा भएको झडपमा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार रामगोपालपुर–७ मा भएको झडपमा प्रहरीले हवाई फायर गर्दा स्थानीय १६ वर्षीय राजन यादवको मृत्यु भएको हो ।
प्रहरीका अनुसार लागुऔषध कारोबारी सुरेन्द्र यादवलाई पक्राउ गर्न जाँदा यो घटना भएको हो। यादवलाई पक्राउ गर्न सादा पोसाकका प्रहरी ग्राहक बनेर ससौलास्थित बाँस झ्याङमा पुगेका थिए । त्यहाँ यादवसहित आठ जनाको समुह रहेको थियो।
उनीहरुलाई प्रहरीले पक्राउ गर्ने प्रयास गर्दा ‘डाँका आयो’ भन्दै गुहार मागेपछि स्थानीयहरु हतियारसहित त्यहाँ पुगेका थिए। त्यसपछि भएको झडपलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गर्न परेको एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो।
प्रहरीले ६ राउन्ड हवाई फायर गरेको र सोही गोली लागेर राजन यादवको मृत्यु भएको प्रहरीको दाबी छ । प्रहरी लागुऔषध कारोबारी भनिएका सोही ठाउँ बस्ने ५० वर्षीय सुरेन्द्र र २७ वर्षीय राहुल यादवलाई पक्राउ गरेको जनाइएको छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया