Trending
flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु अन्तर्राष्ट्रिय इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु अन्तर्राष्ट्रिय फिलिपिन्समा गोली हानाहान, दश जनाको मृत्यु खेल टी-२० आई शृंखला खेल्ने नेपाली टोलीको घोषणा समाज लगातार दुई दिन बिदा हुँदा आन्तरिक पर्यटक बढ्ने व्यवसायीको अपेक्षा समाज कर्णाली नदीमा डुङ्गा पल्टिँदा दुई जना बेपत्ता

एडिबीसँग १ खर्ब ५ अर्ब ५९ करोड बराबरको ऋण तथा अनुदान सम्झौता

 

काठमाडौं : नेपाल र एडिबीबीच तीनवटा आयोजना र एक कार्यक्रम कार्यान्वयनका लागि १०५ अर्ब ५९ करोड बराबरको ऋण तथा अनुदान सम्झौता भएको छ।

शुक्रबार सिंहदरबारस्थिति अर्थ मन्त्रालयमा नेपाल सरकार र एशियाली विकास बैंक (एडीबी) बीच तीनवटा आयोजना र एक कार्यक्रम कार्यान्वयनका लागि ७७७.६ मिलियन अमेरिकी डलर ( १०५ अर्ब ५९ करोड) बराबरको ऋण तथा अनुदान सम्झौता भएको हो।

सम्झौता पत्रमा नेपालको तर्फबाट अर्थ मन्त्रालयमा सचिव डा. रामप्रसाद घिमिरे र एडिबीको तर्फबाट नेपाल निवासी नियोगका देश निर्देशक अर्मान्ड काउचोइसले हस्ताक्षर गरेका हुन्। नेपाल र एडीबीबीच सिंचाई आधुनिकीकरण अभिवृद्धि परियोजना, हरियो, लचिलो र समावेशी विकास कार्यक्रम, काठमाडौं उपत्यका खानेपानी सुधार परियोजना (फेज २), र दक्षिण एशिया उपक्षेत्रीय आर्थिक सहयोग विद्युत प्रशारण र वितरण सुदृढीकरण परियोजनाका लागि सम्झौता हस्ताक्षर भएको छ।

काठमाडौं उपत्यका खानेपानी सुधार परियोजना (फेज २), दक्षिण एशिया उपक्षेत्रीय आर्थिक सहयोग (एसएएसईसी) विद्युत् प्रशारण तथा वितरण सुदृढीकरण परियोजना र हरित, लचिलो र समावेशी विकास (ग्रिड) कार्यक्रम कार्यान्वयनका लागि पनि वित्तीय सम्झौतामा भएको छ। कार्यक्रममा बोल्दै अर्थ सचिव डा. रामप्रसाद घिमिरेले एडिबीको निरन्तर सहयोग र साझेदारीको लागि धन्यवाद व्यक्त गरे। काठमाडौं उपत्यका खानेपानी सुधार परियोजना (चरण २) आयोजना लागत २४ करोड अमेरिकी डलर अर्थात् नेपाली रुपैयाँ ३२ अर्ब ५९ करोड एडीबीले १५ मिलियन अमेरिकी डलर अर्थात् नेपाली रुपैयाँ २ अर्ब ३ करोड बराबर अनुदान र १७ करोड अमेरिकी डलर सहयोग गर्ने सम्झौतामा उल्लेख गरे।

उनले सम्झौताले सिंचाई प्रणाली, जल सुरक्षा र कृषिमा सुधार मात्र नभई नेपालको सबैभन्दा बढी प्रभावित समुदायमा जलवायु प्रतिरोधी क्षमतालाई सुदृढ पार्ने र योगदान पुर्‍याउने कुरामा जोड दिनुभयो। उहाँले दिगो विकास लक्ष्यहरू हासिल गर्न, आयोजनालाई समयमै र प्रभावकारी रूपमा कार्यान्वयन गर्न कार्यान्वयन गर्ने निकायलाई अपेक्षित नतिजा सुनिश्चित गर्न आग्रह गरे।

सम्झौतामा २३.८ बिलियन डलर सहुलियत ऋण, समृद्धिका लागि जापान कोष र रिसिलियन्ट एसिया एण्ड प्यासिफिक (आईएफपीआर) ले ३० मिलियन अमेरिकी डलर (४०७.४६ मिलियन बराबर) अनुदान सहयोग गर्ने र नेपाल सरकारले यसका लागि ५२ मिलियन अमेरिकी डलर (७ अर्ब ६ करोड बराबर) सहयोग गर्ने भएको हो। मेलम्ची इन्टेकको स्थानान्तरण र निर्माण, लामो सुरुङ निर्माण र सुन्दरीजल जल प्रशोधन केन्द्रको विस्तार लगायतका कामहरू काठमाडौं उपत्यकाका जनतालाई सुरक्षित र भरपर्दो खानेपानी सेवा उपलब्ध गराउने परियोजनाको लक्ष्य रहेको छ।

दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग (सासेक) विद्युत प्रशारण तथा वितरण सुदृढीकरण आयोजनाको लागत ५३ करोड ७० लाख अमेरिकी डलर अर्थात् ७२ अर्ब ९३ करोड नेपाली रुपैयाँ एडीबीले ३ करोड अमेरिकी डलर अर्थात ४ अर्ब ७ करोड बराबर अनुदान र ३११ करोड अमेरिकी डलर सहयोग गर्ने सम्झौता भएको हो। ४२ अर्ब २४ करोड बराबर सहुलियतपूर्ण ऋण, युरोपेली संघले २२.६ मिलियन अमेरिकी डलर(३०६ अर्ब बराबर) अनुदान, नर्वेले ३१ मिलियन अमेरिकी डलर (४ अर्ब २१ करोड बराबर) अनुदान, रणनीतिक जलवायु कोषले १० मिलियन अमेरिकी डलर (१ अर्ब ३५ करोड) अनुदान सहयोग गर्ने भएको छ।

नेपालले १३२.४ मिलियन अमेरिकी डलर (१७.९८ बिलियन) को कार्यान्वयनको लागि परियोजनाले हरित बिजुली निर्यातलाई समर्थन गर्दै नेपालको बढ्दो ऊर्जा मागहरू पूरा गर्नमा केन्द्रित छ। सिंचाई आधुनिकीकरण अभिवृद्धि परियोजना (आईएमईपी) को शुरुवातका लागि ८ करोड ५० लाख अमेरिकी डलर अर्थात ११ अर्ब ५४ करोड बराबर बराबरको ऋण सम्झौतामा अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका सहसचिव एवं प्रमुख धनीराम शर्माले हस्ताक्षर गरे।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP