Trending
flash शिवगढी सामुदायिक बन उपभोक्ता समुुहको १३औँ साधारण सभा सम्पन्न राजनीति पुलबाट पश्चिमतर्फ १७० मिटर सडक कालोपत्रसँग जोडिन बाँकी रहेकाले रातिमा काम अन्तर्राष्ट्रिय बीबीसीले गल्ती स्वीकार गर्दै माफी मागे पनि ट्रम्पले कानुनी कारबाही राजनीति मधेसमा भारतले आन्दोलन भड्काउने काम गर्‍यो : मुख्यमन्त्री यादव राजनीति प्रदेश सरकारले गाँजा खेतीसम्बन्धी नौ प्रकारका इजाजत दिनेगरी विधेयकको तयार राजनीति माओवादीबाट जनार्दन शर्मा, समाजवादीबाट घनश्याम भुसाल लगायतका नेताहरू आफ्नै अभियानमा flash खेलमा अर्जेन्टिनालाई जित दिलाउन लौटारो मार्टिनेज र मेसीले गोल राजनीति दक्षिण कोरियाबाट सञ्चारमन्त्रीले भने, निर्वाचनको वातावरण बनिसकेको छ राजनीति नेपालका लागि चीनका राजदूत छन सङले आमनिर्वाचन सफलतापूर्वक सम्पन्न flash विजयनगर गाउँपालिकाकाे नयाँ प्रशासकीय भवनको शिलान्यास

नेपाल–भारत सम्बन्ध अब आर्थिक क्षेत्रतर्फ केन्द्रित हुनुपर्छ : परराष्ट्रमन्त्री

काठमाडौं साउन २९

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल र भारतबीचको सम्बन्ध अब आर्थिक क्षेत्रतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिएका छन् ।

बुधबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा मन्त्री ज्ञवालीले नेपालले अघि सारेको समृद्धि र विकासको लक्ष्य हासिल गर्न दुवै देशबीच आर्थिक साझेदारीको सम्बन्ध बलियो हुनुपर्ने बताए ।

सार्थक आर्थिक साझेदारीले नै दुई मुलुकको हित हुने उनको भनाइ थियो ।

मन्त्री ज्ञवालीले जलमार्गको विकासका लागि दुवै देशले गृहकार्य गरिरहेकाले २०२० सम्ममा यससम्बन्धी धेरै कामहरु भइसक्ने दाबी गरे ।

भारतसँगको वाणिज्य सन्धि पुनरावलोकन गर्ने काम पनि भइरहेको बताउँदै उनले भारतसँगको आर्थिक सम्बन्धलाई उचाइमा पुर्‍याउन सरकारले गृहकार्य थालिसकेको बताए ।

पूर्वअर्थमन्त्री एवं नेपाली कांग्रेसका नेता डा. रामशरण महतले नेपालको आर्थिक क्षेत्रमा सुधारका निम्ति भारतको सहयोग महत्वपूर्ण रहेको बताए ।

कार्यक्रममा नेपालका लागि भारतीय राजदूत मन्जीवसिंह पुरीले नेपाल र भारतको सम्बन्ध बहुआयामिक रहेको भन्दै आगामी दिनमा सम्बन्धलाई अझ प्रगाढ राख्न भारत सरकार सचेत रहेको बताए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP