बुटवल । राजमार्गमा रोकिराखेको ट्रकमा पिकअप भ्यान ठोक्किँदा बुटवलमा दुई जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत रामनगरमा रोकिराखेको ना ६ ख ६२४ नम्बरको ट्रकमा बा १४ च ६८७९ नम्बरको पिकअप भ्यान गएराति ठोक्किँदा त्यसमा सवार दुईजनाको ज्यान गएको हो ।
दुर्घटनामा बुटवल–११ कालिकानगरका २१ वर्षीय सुशील कँवार र सियारी गाउँपालिका–६ अमुवाका २२ वर्षीय रोशन गुरुङको मृत्यु भएको हो । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको गाडी ट्रकमा ठोक्किंदा गुरुङको घटनास्थलमै र कँवारको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको वडा प्रहरी कार्यालय रामनगरका प्रहरी निरीक्षक गोबिन्दप्रसाद रेग्मीले जानकारी दिनुभयो ।
पिकअप भ्यानका चालक बुटवलका २५ वर्षीय गोपाल दंगाल सामान्य घाइते भएका छन् । सवारी साधन र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया