Trending
flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु अन्तर्राष्ट्रिय इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु अन्तर्राष्ट्रिय फिलिपिन्समा गोली हानाहान, दश जनाको मृत्यु खेल टी-२० आई शृंखला खेल्ने नेपाली टोलीको घोषणा समाज लगातार दुई दिन बिदा हुँदा आन्तरिक पर्यटक बढ्ने व्यवसायीको अपेक्षा समाज कर्णाली नदीमा डुङ्गा पल्टिँदा दुई जना बेपत्ता

दुर्घटनामा पत्रकार पाण्डेको मृत्यु

बुटवल । कार दुर्घटनामा परी रुपन्देहीका एक पत्रकारको मृत्यु भएको छ । आफैंले चलाएको बा ७ च ६९५९ नम्बरको कार दुर्घटा हुँदा तिलोत्तमा–६ मा बस्दै आएका पत्रकार कृष्ण पाण्डेको मृत्यु भएको हो ।

बुटवलबाट घर जाँदै गर्दा बुटवल–भैरहवा सडक खण्डको ड्राइभरटोलमा गएराति पौने १२ बजेतिर सडकको डिभाइडर र रेलिङमा गाडि ठोक्किदा पाण्डेको मृत्यु भएको इलाका प्रहरी कार्यालय मंगलापुरका प्रहरी निरीक्षक लक्ष्मण थापाले बताउनु भएको छ ।

दुर्घटनामा परी टाउकोमा गम्भीर चोट लागेका पाण्डेलाई बुटवलको चौराहा हस्पिटल लगिएपनि अस्पतालले उनलाई मृत घोषणा गरेको थियो । ३० वर्षिय पाण्डेको शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा राखिएको छ ।

कारमा उनी एक्लै सवार रहेको प्रहरीले जनाएको छ । सडकको डिभाइडर र विद्युतको पोलमा ठोक्किएको कार काम नलाग्ने गरी क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ । स्याङ्जाको कालीगण्डकी गाउँपालिका बिर्घा स्थायी घर भएका पाण्डे पछिल्लो १० वर्षदेखि बुटवलमा रही गीतसङ्गितको क्षेत्रमा समेत सक्रिय थिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP