Trending
राजनीति अनेकताभित्र एकता खोज्नु संसदीय व्यवस्थाको सौन्दर्यः शिक्षामन्त्री पन्त समाज तोलाको ३ हजारले बढ्यो सुन राजनीति हिमालहरु जोगाउनु पृथ्वी, महासागर र स्वयं मानवता जोगाउनु हो : प्रधानमन्त्री ओली राजनीति समितिबाट पारित भयो निजामती विधेयक, कुलिङ पिरियड २ वर्ष, महिलाको सेवा प्रवेश अधिकतम उमेर घट्यो समाज मर्निङवाकमा निस्किएका दुई महिलाको कारको ठक्करबाट मृत्यु समाज तीन दिनदेखि हराएकी युवती जंगलमा मृत फेला राजनीति सगरमाथा संवाद सुरु समाज मुस्लिम समुदायको संस्कृति, कला र परम्पराको आफ्नै महत्त्वपूर्ण विशिष्टता : राष्ट्रपति पौडेल राजनीति सरकार उल्टो बाटो हिँड्दैछ, तर हामी ढाल्दैनौँ : प्रचण्ड flash विजयनगरमा पाेषण खाद्य सुरक्षा निर्देशक समिति तथा सराेकारवालासँगकाे बैठक सम्पन्न

सडकमै रगत दिन थाले शिक्षक

 

काठमाडौं : २३ दिनदेखि आन्दोलनरत शिक्षक/कर्मचारीहरूले सडकमै रगत दिन थालेका छन्।

नेपाल शिक्षक महासंघको आयोजनामा आज(बिहिबार) बरबरमहलमा रक्तदान गर्न थालेका हुन्। नेपाल रेडक्रस सोसाइटीको समन्वयमा रक्तादान भइरहेको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए।

दिउँसो २ बजेपछि रक्तदान गर्ने भनिए पनि आन्दोलनमा शिक्षकहरु थाक्ने हुनाले पहिले रक्तदान गरेर आन्दोलनमा सहभागी हुन महासंघले शिक्षकहरुलाई आग्रह गरेकाे छ। उनीहरु माइतीघरमा आन्दोलन जारी छ भन्ने नारा नलाइरहेका छन्।

उनिहरुले सरकारलाई पसिनामात्रै नभएर रगत पनि दिन लागेको बताएका छन्। रक्तदान गरेपछि आन्दोलन अगाडि बढाउने उनीहरूको भनाइ छ।

तत्काल शिक्षा ऐन जारी गर्नुपर्ने माग गर्दै देशभरका शिक्षकहरूले चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका छन्।

थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP