Trending
flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु अन्तर्राष्ट्रिय इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु अन्तर्राष्ट्रिय फिलिपिन्समा गोली हानाहान, दश जनाको मृत्यु खेल टी-२० आई शृंखला खेल्ने नेपाली टोलीको घोषणा समाज लगातार दुई दिन बिदा हुँदा आन्तरिक पर्यटक बढ्ने व्यवसायीको अपेक्षा समाज कर्णाली नदीमा डुङ्गा पल्टिँदा दुई जना बेपत्ता

सर्लाहीको धनकौलमा गोली लागेर १५ जना भन्दा बढि घाईते


सर्लाही ।

सर्लाहीको धनकौल गाउँपालिकास्थित अन्नपूर्ण चिनी उद्योग रहेको क्षेत्रमा गएराती नेपाल कम्युनिष्ट पार्टी नेकपा र नेपाली काँगे्रसका कार्यकर्ताबीचको झडपमा गोली चल्दा १५ जना भन्दा बढि घाईते भएका छन् ।

घाईतेहरुको जिल्ला अस्तपाल मलङ्गवामा उपचार भइरहेको र सबैको अवस्था सामान्य रहेको सर्लाहीका प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले जानकारी दिनुभयो ।

झडप हुनुको वास्तविक कारण खुलिसकेको छैन । घटनामा संलग्नमध्ये एक जनालाई राती नै नियन्त्रणमा लिइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक पोखरेलले बताउनुभयो ।

उहाँका अनुसार घटनास्थलको अवस्था अहिले सामान्य छ । धनकौल क्षेत्रमा चिनी मिलको भुक्तानिको विषयमा नेकपा र काँगे्रसका कार्यकर्ताबीच पटक–पटक विवाद भइरहेको छ ।

पछिल्लो पटक एक साताअघि सर्लाहीकै रामगनर गाउँपालिकामा नेकपाका एक कार्यकर्ताको हत्या भएपछि सो घटनालाई राजनीतिकरण गरी नेकपा र काँग्रेस कार्यकर्ताले एक अर्काविरुद्ध आन्दोलन गरिरहेका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP