Trending
flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु अन्तर्राष्ट्रिय इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु अन्तर्राष्ट्रिय फिलिपिन्समा गोली हानाहान, दश जनाको मृत्यु खेल टी-२० आई शृंखला खेल्ने नेपाली टोलीको घोषणा समाज लगातार दुई दिन बिदा हुँदा आन्तरिक पर्यटक बढ्ने व्यवसायीको अपेक्षा समाज कर्णाली नदीमा डुङ्गा पल्टिँदा दुई जना बेपत्ता

पचास लाखको रक्सी पचाएर डिएएपी भट्ट दाङ सरुवा

टीकापुर, टीकापुरका डिएसपी मनोहरप्रसाद भट्टले करिब पचास लाख रुपैयाँ बराबरको रक्सी बेचेर खाएको खुलेको छ । लकडाउनका बेला संकटकालको झझल्को दिनेगरी सर्वसाधारण नागरिकका बीच आतंक सिर्जना गरेर डिएसपी भट्टले करिब ३ करोड बढी रुपैया उठाएर हिडेको टीकापुर क्षेत्रमा चर्चा छ ।

सरुवाको सुइको पाएलगत्तै भट्टले नेपाल–भारत सिमानामा मालसामान तस्करी गर्ने दुई नम्बरी व्यापारीहरुको कवोल बमोजिमको महिनावारी रकममा दुई गुणा वृद्धि गरेर असुलेको व्यापारीहरुले आरोप लगाएका छन् । डिएसपी भट्ट एक वर्षको कार्यकाल बिताएर १५ जेठमा प्रदेश नम्बर ५ प्रहरी कार्यालय तुलसीपुर दाङ सरुवा भएका छन् ।

धनगढीपछिको दोस्रो ठूलो भन्सार रहेको टीकापुर क्षेत्र नेपाल भारत तस्करीको प्रमुख केन्द्र पनि हो । प्रहरी र भन्सार कार्यालयकै संरक्षणमा खुलेआम तस्करी हुने गरेको भनेर टीकापुर क्षेत्र बदनाम रहेको छ । थारु समुदायका साना व्यवसायीहरुलाई निर्ममतापूर्वक कुटपिट गरेर उनीहरुका बन्द रहेका पसलभित्र जबर्जस्ती पसेर प्रहरीले रक्सी जफ्त गरेको एक जना पिडित व्यवसायीले बताए ।

प्रहरीलाई अबैध घरेलु रक्सी मात्र जफ्त गर्ने अधिकार छ । तर डिएसपी भट्टले लकडाउनको मौका छोपेर नेपाली ब्राण्डका रुस्लान भोडका, बियर र ह्वीस्की जबरजस्ती उठाएर लगेको टीकापुरका व्यवसायीले गुनासो गरेका छन् ।

लकडाउनका बेला बन्द रहेका डिएसपी भट्टको निसानामा गाँउ भित्र रहेका स–साना पसलहरु परेको बताउँदै एकजना व्यवसायीले भने, ‘लकडाउनको पालना गर्दै पूर्णतया बन्द रहेका पसलहरुका ढोका जबरजस्ती खोल्न लगाई प्रहरीले रक्सी मात्र लिएर गए ।’ प्रहरीको यस्तो व्यवहारको विरोध गर्दा कुटपिट गरेको टीकापुर नगरपालिका वडा नम्बर ६ का एक जना व्यवसायीले बताए । उनको पसलबाट मात्र प्रहरीले नेपाली ब्राण्डका करिब १ लाख रुपैयाँको रक्सी उठाएर लिएको छ ।

प्रहरीले नेपाल सरकारबाट उत्पादन तथा विक्रि वितरणका लागि अनुमतिप्राप्त कुनै पनि उपभोग्य वस्तु जफ्त गर्न गैरकानुनी हो । तर डिएसपी भट्टले यस्तो कानुनी व्यवस्थाको अवज्ञा गर्दै टीकापुरका गाउँले पसलहरुबाट करिब पचास लाख रुपैयाँ मूल्य बराबरको रक्सी लुटेर लिएको छ ।

उक्त नेपाली ब्राण्डका रक्सी घरेलु रक्सी सरह प्रहरीले नष्ट गर्न मिल्दैन । उक्त परिमाणको रक्सी डिएसपी भट्टले टीकापुरका थोक बिक्रेताहरुलाई बेचेको पैसा आफै पचाएको टीकापुरका व्यवसायीहरु बताउँछन् ।दृष्टिबाट/File photo

साभार रिपाेर्टस नेपाल ःhttps://www.reportersnepal.com/2020/06/445506?fbclid=IwAR0GwUSSzcrVshJ_rn9EQsTv4uWJCyMEkVZK3F_6mXFYPOnwjLa3oVcOyls

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP