Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

आज खाडी र मलेसियाबाट १० उडानमार्फत नेपाली स्वदेश फर्कंदै

काठमाण्डौ – आज १० उडानमार्फत खाडी र मलेसियाबाट नेपालीहरु स्वदेश फर्कने भएका छन् ।

कतारको दोहाबाट १५४ जना नेपाली काठमाण्डौ आइपुगिसकेका छन् भने अरु देशबाट पनि नेपाली लिएर जहाज आउँदै गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । कतारबाट नेपाल एअरलाइन्सको चार्टर्ड उडानमार्फत ६ महिला र १४८ जना पुरुष आज स्वदेश आइपुगेका हुन् ।

जहाजले कतारमा ज्यान गुमाएका एक नेपालीको शव पनि ल्याएको छ । आज हिमालय एअरलाइन्सको अर्को चार्टर्ड उडानमार्फत पनि कतारबाट नेपालीहरु फर्कंदै छन् । 

यस्तै आज कुवेतमा आममाफीमा सहभागी नेपालीलाई कुवेतले जजिरा एअरको दुई उडानमार्फत नेपालीलाई स्वदेश पठाउँदैछ ।  यूएईको दुबईबाट नेपाल एअरलाइन्स र आबुधाबीबाट हिमालय एअरलाइन्सले नेपाली लिएर आउनेछन् भने दुबईबाट फ्लाई दुबईले पनि नेपाली लिएर आउँदैछ ।

मलेसियाको क्लालाम्पुरबाट मलेसियन एअरलाइन्स पनि आज नेपाल आउँदैछ । आज साउदीबाट पनि दुई उडानमार्फत नेपाली स्वदेश फर्कंदै छन् । साउदीको रियाद र दमामबाट हिमालय र नेपाल एअरलाइन्सको चार्टर्ड उडानमार्फत नेपाली स्वदेश फर्कंदै छन् । 

आजै नेपाल एअरलाइन्सका जहाज नेपाली लिन कुवेत र साउदीको जेद्दा जाँदैछन् । आज नेपाली ल्याउन र लिन जानका लागि १२ वटा अन्तर्राष्ट्रिय उडान हुने विमानस्थलले जनाएको छ । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP