Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

नवजात शिशुको हत्या गरेको आशङ्कामा २२ वर्षीया किशोरी पक्राउ

डोटी – डोटीमा नवजात शिशुको हत्या गरेको आशङ्कामा एक किशोरीलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कैलाली जिल्ला स्थायी ठेगाना भएकी दिपायल सिलगढी नगरपालिका–३ दिपायलको गणेशथानमा सिलाई कटाइ गर्दै आएकी २२ वर्षीया अविवाहित रहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा एसपी दिलीपसिंह देउवाले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अबोध शिशुको हत्या गरेको आशङ्कामा हामीले सिर्जना थापा नाम गरेकी युवती पक्राउ गरेका छौँ, आवश्यक अनुसन्धान भइरहेको छ, अनुसन्धानपछि अन्य कुरो खुल्नेछ ।’

गएको असार १५ गते जिल्लाको दिपायल सिलगढी नगरपालिका–३ दिपायलस्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र नजिक रहेको सेती नदीको किनारमा घाँटीमा डोरीले बाँधिएको अवस्थामा हत्या गरी एक शिशुको शव भेटिएको थियो ।

इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख तथा प्रहरी नायब निरीक्षक रमेश शाहीका अनुसार सालनाल सँगै भएको अवस्थामा शिशुको शव भेटिएको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP