Trending
flash कपिलवस्तु-३ मा काँग्रेसका शाह विजयी अन्तर्राष्ट्रिय नाबालिगका लागि पोर्न साइट बन्द खेल इङ्ल्याण्डलाई हराउँदै आयोजक भारतले टी- २० विश्वकपको फाइनलमा राजनीति शेखर कोइराला २५ सय मतले पछाडी राजनीति सर्लाही-४ मा गगनभन्दा अमरेश दोब्बर मतले अगाडि flash कपिलवस्तु-३ मा अभिशेष प्रताप शाह ७७१ मतले अग्रस्थानमा कपिलवस्तु क्षेत्र समाज २४ घण्टामा मतगणना सम्पन्न गर्ने तयारी अन्तर्राष्ट्रिय नागरिकको उद्धारका लागि सैन्य उडान र चार्टर उडानको व्यवस्था खेल खेलमा बुधबार दक्षिण अफ्रिका र न्युजिल्याण्डबीच प्रतिस्पर्धा अन्तर्राष्ट्रिय पश्चिम एशिया तनाव : खाडीमा रहेका नेपालीको सुरक्षा चिन्ता

पोखरा महानगरपा लिकाका उत्कृष्ट कृषकलाई सम्मान

 

पर्वत : कास्कीको पोखरा महानगरपालिकाले दुई जना कृषकहरूलाई महानगर उत्कृष्ट कृषक सम्मान प्रदान गरेको छ।

कृषि तर्फ पोखरा महानगरपालिका–२५ मा सञ्चालित सावित्री हराभरा एकीकृत कृषि फर्मका सञ्चालक चित्रनाथ पौडेल र पशुपालनतर्फ पोखरा महानगरपालिका–१९ मा सञ्चालित नेपाल लाइभ स्टक एन्ड रिसर्च सेन्टरकी सञ्चालक सरस्वती बस्ताकोटीलाई यस वर्षको महानगर उत्कृष्ट कृषक सम्मान प्रदान गरिएको हो।

उनीहरूलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले नगद र सम्मान पत्रले सम्मान गरेका हुन्। सम्मानित कृषक पौडेलले ३३ रोपनी क्षेत्रफलमा विभिन्न प्रकारको खेती गरिरहेका छन्। उनले १० रोपनीमा धान, चार रोपनीमा वर्षे तरकारी, चार रोपनीमा हिउँदे तरकारी, १८ रोपनीमा बेमौसमी तरकारी लगाएका छन्।
२०५५ सालमा दुई वटा प्लास्टिक घरबाट सुरु भएको कृषि व्यवसाय हाल ९५ वटा प्लास्टिक घरमा विस्तार भएको छ।

उनको फार्मबाट सय जनालाई रोजगारी र लाखौँ रुपैयाँ आम्दानी हुने गरेको छ। कृषक पौडेलले आफू उत्कृष्ट महानगर कृषकको रूपमा सम्मानित हुन पाउँदा खुसी व्यक्त गरेका छन्। उनले कृषकहरूलाई प्रविधि र ज्ञान हस्तान्तरणमा सहयोग गर्न आग्रह गरेका छन्। यस्तै अर्की सम्मानित कृषक बस्ताकोटीले पोखरा महानगरपालिका–१९ मा १७ रोपनीमा धान खेती र दुई सय बङ्गुरहरू पालेकी छिन्। गाई फार्म समेत सञ्चालन गरेकी उनले दैनिक दुई सय लिटर दूध समेत उत्पादन गर्दै आएकी छिन्।

सो अवसरमा महानगरपालिकाका उल्लेखनीय कार्य गर्ने थप १० कृषक समूहहरूलाई पनि सम्मान प्रदान गरिएको छ। कृषि एम्बुलेन्स परिचालन, साप्ताहिक हाट बजार सञ्चालन र कौसी खेती व्यवस्थित रूपमा सञ्चालन गरेबापत वडा स्तरीय कृषि सञ्जाल वडा नं.७, मौरी पकेट कार्यक्रम र नियमित अनुगमन बापत वडा स्तरीय कृषि सञ्जाल वडा नं.१६, व्यवसायी कागुनो खेती, गहुँ उत्पादन र तरबुजा खेती प्रवद्र्धन बापत पिपल डाली काफल घारी कृषक समूह पोखरा २८, नियमित किसान बजार सञ्चालन गर्ने किसान बजार व्यवस्थापन समिति पोखरा १३ र स्थानीय बालिका जात संरक्षणमा क्रियाशील जैविक स्रोत अभियान बेगनास पोखरा ३१ लाई नगद सहित सम्मान गरिएको हो।

यस्तै व्यवसायी काँक्रो खेती गर्ने उल्लेरी चिप्लेटी अन्नपूर्ण कृषक समूह पोखरा २२, रासायनिक मल वितरणलाई व्यवस्थित गर्ने प्रभु धाम हरियाली कृषि सहकारी पोखरा १३, कागती सुन्तला, कफी, घाँसका बिरुवाहरू उत्पादन गर्ने कयरबारी बहुउद्देश्यीय कृषि नर्सरी पोखरा २३, भर्मी कम्पोस्ट मल उत्पादन गर्ने ग्रिन नेपाल जननी भर्मीकम्पोष्ट पोखरा १४ र जेठो बुढो तथा आलुको बिउ उत्पादन गर्ने लक्ष्मी सिड सेन्टरलाई पनि सम्मान गरिएको छ।

उनीहरूलाई सम्मान प्रदान गर्दै नगर प्रमुख आचार्यले महानगरपालिका क्षेत्रको कृषिलाई प्रविधिमैत्री बनाउँदै उत्पादन र उत्पादकत्व वृद्धिमा आफूहरूले जोड दिइरहेको बताए। कृषि उपजमा महानगरपालिकालाई आत्मनिर्भर बनाउनका लागि उत्पादनमा वृद्धिमा उहाँले जोड दिए। कृषकहरूलाई आवश्यक प्राविधिक सेवा सहित मल, बिउ, बिरुवा र पशुपालनमा समेत प्रोत्साहनका थुप्रै कार्यक्रमहरूमा अनुदान तथा साझेदारी गर्न सकिने उनको भनाइ छ।  थाहा खबर

 

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP