काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना महामारीको रोकथामका लागि गठन गरेको ‘कोभिड—१९ अनुगमन समिति’ लाई पूर्णता दिएको छ ।कांग्रेसले जेठ २६ गते सहमहामन्त्री डा. प्रकाशरण महतको संयोजकत्वमा ‘कोभिड—१९ अनुगमन समिति’ गठन गरेको थियो । कांग्रेसका केन्द्रीय सदस्य, आमन्त्रित केन्द्रीय सदस्य र विभिन्न क्षेत्रका विज्ञहरुलाई समावेश गरेर सो अनुगमन समितिलाई पूर्णता दिइएको हो ।
समितिमा केन्द्रीग सदस्य एनपी साउद, महालक्ष्मी उपाध्याय ‘डिना’, डा. चन्द्र भण्डारी, महेन्द्र यादव, गगनकुमार थापा, जीवन परियार, पार्वता डिसी चौधरी, गुरुराज घिमिरे, मोहनबहादुर बस्नेत, योगेन्द्र चौधरी थपिएका छन् ।
त्यसैगरी, रमा कोइराला पौडेल, ध्रुव वाग्ले, दिव्यमणि राजभण्डारी, राजीवविक्रम शाह, नैनसिंह महर, डा. पोषराज पाण्डे, डा. प्रभु बुढाथोकी, डा. माधवी भट्ट, डा. लक्ष्मीराज पाठक, डा. मुक्तिराम श्रेष्ठ, बद्री सिग्देल, डा. अच्युत वाग्ले, सूर्यकान्त घिमिरे, प्रेमध्वज लामा, प्रा.डा. धनेश्वर नेपाल, डा. किरण रेग्मी, रविजंग पाण्डे र बद्री अर्याल पनि थपिएका छन् ।
त्यसैगरी, लालबहादुर पुन, देवीप्रकाश भट्टचन, डा. अशेष ढुंगाना, दीपकराज भट्ट, सरिन घिमिरे, विमल ढकाललाई पनि सदस्यमा मनोनयन गरिएको छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया