Trending
flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे flash ७० प्रतिशत अनुदानमा कुखुरा पालन सामग्री वितरण flash विजयनगरको नवौँ गाउँसभाबाट ६८ करोड बढीको बजेट सर्वसम्मत पारित flash विजयनगर-६ मा जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई सम्मान

” #मेरोभरौल” -कविता

जहाँ, छनछन,कलकल बग्दछ,
निर्मल सप्तकोसी,
पोखेर खुशी अटुट।
रामधूनिका शितल हावा बहिदिन्छ,
लाग्दछ दक्षिण-उत्तर जोडदैछ,
लाउनलाई मितेरी बिष्णुपादुकाका
रोमान्चकारी सौन्दर्यहरुसङ्ग!
साटेर मुस्कान्हरु,
भर्छन खुशिका उजेलिहरु,
घामभन्दा न्यानो,
पवनभन्दा सफा प्रीतहरु!!

निस्चल-निर्मल-कन्चन,
उत्तर-पश्चिम् कोकाका लहरहरु।
पार्छ्न मन्त्रमुग्ध
धोएर बेदनाका आशुहरु,
जोड्छन जीवन दर्शन,
पखाली पापपूण्य
मेरै माता बराहा-कौशिका ।।

हराउछु म आफै,
जब एकान्त सन्सार भेट्दछु
चढेर चतराका भञ्ज्याङ्
चौतारिहरु…..
म सक्दिन गर्न वर्णन,
न सक्छु उसका गरेर
सून्दरताका तारिफहरु…!!

जहाँ,
लहलहाउछन झुलेर
धानका बोटबाला,
भरेर हरिया आशाका रङ्गहरु….
त्याहा,
बस्दछन परिश्रमी किसान
साटेर नाता प्रकृतिसङ्ग,
अजर अमर जोडेर सम्बन्ध
धरती रानिसङ्ग।

शिशिर बसन्तदेखि
बैशाख-चैतसम्म,
खेल्दछन लूकामारी
पश्चिम् टप्पुदेखि,
पूर्व बक्लौरीसम्म
हिउँद वर्षा केही नभनी….

यी गोरखे किसानलाई,
न डर छ
साउने बाढी पहिरोको,
गाइ नसकिने बिरङ्गना यिनको ,
कति बहादूर छन
जोख्न सकिन्न सुनको तराजुले,
खोज्छन जित्न आकाश धर्तीलाई..!!

धनकुटा,भेडेटार र बुढासुब्बाको
मनोरम लाली पोखेर,
अनि सङगालेर,
चुरे पहाड रानिका
पहराका निशानि
सिन्दूरहरु नितान्त…

सेउती सर्दु पार्नलाई सितल,
सुम्पिदै असिम मायाहरु
भदौरे गर्मिहरुलाई,
बग्छिन सुनसरी खोला
भेट्नलाई कुशाहा-लौकिही,
कहिले भेल बोकि,
कहिले पवित्र प्यार बोकि,
छन प्राचीन
अन्योन्याशृत सम्बन्ध हाम्रो…।

छिचोली चारकोशे झाडीहरु,
महाभारत पर्वत जस्तै
विशाल मेरो जन्मभूमी,
बनाउछिन् लठ्ठ
देखाएर बार्हमासे रूपहरु…

अनि कसरि भूल्न सक्छु
मेरो जन्मभूमिलाई,
बितेका शैशवकालहरुलाई,
आउछन यादका छादबनि,
मुटुका स्पन्दनभन्दा तिब्र,
पलपल..झलझल
जहाँ जाउ,जता जाउ
झझल्को उनकै…
सम्झन्छु आहा…!
स्वर्गको टुक्राभन्दा प्यारो,
मेरो गाउँ भरौल…!
त्यो मेरो ठाउँ भरौल..!!
-रोमान्टिक राज ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि धडकन“ अडियो गीत सार्वजनिक भएको छ । एस एम मिडिया नेपालद्वारा आइतबार सार्वजनिक गरिएको हो । जसको लिरिक्स एमप र राजेन्द्र चौधरीले गरेका छन् भने एरेन्जर गणेश चौधरीले रहेका छन् । यस्तै शब्द संगित सरगम […]

Recent Posts

TOP